१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरीगंजमा कोचिला महिला गाभुर फ्रन्ट गठन


१९ असार २०७६, बिहिबार  

0
Shares

kochila news

गौरीगंज१९,असार / झापाको गौरीगंजमा कोचिला महिला गाभुर फ्रन्ट गाउँपालिका स्तरिय समिति गठन भएको छ ।
आदिवासी कोच महिलाहरुको हक अधिकार सुनिश्चित गर्ने र जातिय पहिचान कायम राख्ने उद्देश्यले समिति गठन गरिएको जनाइएको छ । कोच आदिवासी महिलाहरुको भेलाले पूर्णिमा राजवंशीको अध्यक्षतामा ९ सदस्यीय समिति गठन भएको छ । नवगठित समितिको उपाध्यक्षमा सुनिता राजवंशी, सचिवमा अनिता राजवंशी, सहसचिव प्रभा राजवंशी, कोषाध्यक्षमा सिता राजवंशी सर्वसम्मत चयन भएका छन् । सदस्यहरुमा गोलवती राजवंशी, रेखा राजवंशी, सुभद्रा राजवंशी, रिता राजवंशी रहेका छन् । सोही भेलाले भरवती राजवंशीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । कोचिला महिला गाभुर फ्रन्ट केन्द्रिय अध्यक्ष सनम राजवंशीको सभापतित्वमा सम्पन्न भेलामा कोचिला गाभुर फ्रन्टका केन्द्रिय अध्यक्ष अभय राजवंशी प्रमुख अतिथि भने कार्यक्रममा राजवंशी समाज विकास समितिका जिल्ला उपाध्यक्ष नौताली राजवंशी, कोचिला गाभुर फ्रन्ट गौरीगंजकी अध्यक्ष बविता राजवंशीलगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : १९ असार २०७६, बिहिबार  १ : ४५ बजे