काठमाडौं ९,चैत / रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत आजदेखि पहिलो चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन खुला भएको छ । भाषा परीक्षाका लागि आजदेखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिनेछ । १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन गर्न सक्नेछन् । त्यसैगरी फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, गणतन्त्र कोरियामा गई गैरकानुनी रुपमा…