१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

सातवटै प्रदेश प्रमुखकाे नियुक्ति, काे – काे कहाँबाट ?


१८ कार्तिक २०७६, सोमबार  

0
Shares

20191104_174432

काठमाडौं १८, कार्तिक / सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि आज अपरान्ह राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको सोमबार अपराह्न बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिस गरेको हो । बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश १ को प्रमुखमा सिफारिस गरेको छ ।
त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाई, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र प्रदेश ७ मा शर्मिला त्रिपाठीको नाम सिफारिस भएको जनाइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ११ : ५९ बजे