१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गौरादह नगरपालिकाको ८५ करोड ५२ लाख ७२ हजार वजेट सार्वजनिक, गत वर्ष भन्दा ५ करोड ९२ लाख बढी


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191108_170918

गौरादह २२, कार्तिक / गौरादह नगरपालिकाले आर्थिक वर्ष २०७६/ ०७७ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गौरादह नगरपालिकाको चौथो नगर सभाबाट पारित आर्थिक वर्ष २०७६/०७७ को लागि ८५ करोड ५२ लाख ७२ हजार रुपैया“े कुल वजेट सार्वजनिक गरिएको हो । गौरादह नगरपालिकाको वार्ड नं. १ को सभाहलमा आज पत्रकार सम्मेलन गरी नगर प्रमुख रोहित कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा नीति, वजेट तथा कार्यक्रमको पुस्तिका मार्फत सार्वजनिक गरिएको हो । कार्यक्रममा नगर उपप्रमुख गिता भेटवाल, वार्ड नं. १ का वडा अध्यक्ष तथा नगर प्रवत्ता नगेन्द्र भण्डारी, वार्ड अध्यक्ष हेमन्त कार्की, गजेन्द्र घिमिरे, कार्यपालिका सदस्य वर्षा चौधरी राजवंशीलगायतको सहभागिता थियो ।
गौरादह नगरपालिकाको वजेट गत आर्थिक वर्ष ०७५÷७६ भन्दा ५ करोड ९२ लाख बढि छ । गत आर्थिक वर्षको वजेट कुल ७९ करोड ६० लाख ९० हजार थियो ।
नगरपालिकाले वार्ड नं. १, ५, ६ र ९ लाई १ करोड २० लाख वजेट सिलिङ्ग तोकेको छ भने वार्ड नं. २ र ३ का लागि १ करोड र वार्ड नं. ४, ७, र ८ का लागि १ करोड १० लाख वजेट विनियोजन गरेको छ । त्यसैगरी विषयगत शाखातर्फ महिला तथा बालबालिका शाखाका लागि १५ लाख, कृषि शाखा तर्फ १ करोड १० लाख, पशु शाखातर्फ ३० लाख, आयुर्वेद शाखातर्फ ३० लाख, स्वास्थ्य शाखातर्फ १ करोड १० लाख, सहकारी तर्फ १० लाख, नगर स्तरिय साझेदारी कार्यक्रम तर्फ १५ लाख र प्रशासनिक चालु खर्च समेत गरी जम्मा रु. १५ करोड विनियोजन गरिएको छ ।
नगरपालिकाको आर्थिक वर्ष ०७६÷७७ मा केन्द्र सरकार वित्तिय समानिकरण अनुदान १५ करोड ६७ लाख, केन्द्र सरकार राजस्व वाड“फाड ११ करोड ६४ लाख, प्रदेश सरकार समानिकरण अनुदान तथा राजस्व वाड“फाड १ करोड ७० लाख ७२ हजार, केन्द्र सरकार समपुरक अनुदान ३ करोड, प्रदेश सरकार सशर्त अनुदान १ करोड ५० लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड, अन्य अनुदान (संघ प्रदेश पूर्वाधार विकास साझेदारी समेत) ५ करोड, सडक वोर्ड नेपाल ५० लाख, केन्द्र सरकार शशर्त अनुदान २० करोड ९१ लाख, आन्तरिक आय ४ करोड ५० लाख, आर्थिक वर्ष २०७५÷७६ को खर्च भई बा“की रहेको मौज्दात २ करोड १० लाख, सामाजिक सुरक्षा भत्ता अनुदान १८ करोड गरि ८५ करोड ५२ लाख ७२ हजार कुल वजेट विनियोजन गरिएको हो ।
नगरपालिकाले चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा व्यापारिक, पर्यटकीय, शैक्षिक, व्यावसायिक, पर्यावरणीय तथा बसोवास योग्य हरित, आधुनिक स्मार्ट सिटीको रुप दिदै डिजिटल गौरादह निर्माण गर्ने र गौरादहवासीहरुको जिवन स्तरमा गुणात्मक सुधार नीति लिएको छ ।
नगरपालिकाले नगर चक्रपथ निर्माण कार्यलाई निरन्तरता दिने, व्यवस्थित बस पार्क बनाउनका लागि जग्गा व्यवस्थापन गर्ने, गौरादहलाई २ वर्ष भित्रमा पूर्ण साक्षर बनाउने, कागज रहित इ– गभरनेन्सको लक्ष्य पुरा गर्ने, एक वडा एक प्राविधिकको व्यवस्था गर्नै, आधुनिक रंगशालाको व्यवस्थापनका लागि पहल गर्ने, नगरलाई प्राविधिक शैक्षिक केन्द्र बनाउने, २ वर्ष भित्र बालमैत्री नगरको रुपमा विकास गर्ने, प्रत्येक वार्डहरुमा एक वटाको दरले नमुना वस्तीका कार्यक्रम सञ्चालन गर्नै, गौरादह कृषि क्याम्पसलाई प्रदेश नं. १ को कृषि विश्व विद्यालय बनाउन र यसलाई शैक्षिक आकर्षण केन्द्र बनाउन पहल गर्ने, अति विपन्न वर्गका गर्भवती १०० महिलाहरुको नि शुल्क स्वास्थ्य विमा गराउने, पचास बेडको अस्पताल स्थापना गर्न संघिय र प्रदेश सरकारसंग समन्वय गर्नेलगायतका महत्वाकांक्षी लक्ष्य लिएको छ ।
नगरपालिकाले विपन्न वर्गको स्वास्थ्यको सिफारिस, अस्पतालमा विरामीको लागि सिफारिस र पशुविमाको सिफारिस निशुल्क गरिदिने भएको छ ।
नगर सभाबाट विभिन्न ६ वटा ऐनहरु पारित भएको छ । गौरादह नगरपालिकाको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्वन्धि व्यवस्था गर्न बनेको ऐन २०७६, गौरादह नगरपालिकाको पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०७६, स्थानिय स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७६, कृषि तथा पशुपन्छी उत्पादन र व्यवस्थापन ऐन २०७६, गौरादह नगरपालिकाको स्थानिय बजार व्यवस्थापन ऐन २०७६ र गौरादह नगरपालिकाको सहकारी ऐन २०७५, पहिलो संशोधन विधेयक २०७५, पारित भएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  ११ : २४ बजे