१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरादहका पसलहरूमा म्याद नाघेका खाद्यय सामाग्री भेटियाे


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

20191108_193556

गौरादह २२, कार्तिक /गौरादह बजारका पसलहरुमा म्याद नाघेका र लेबल नभएका खाद्यय सामाग्री भेटिएका छन। खाद्य स्वाच्छता समूह सहित खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर सहितकाे टाेलिले गौरादह बजारका पसलमा गरेकाे अनुगमनका क्रममा म्याद गुज्रिएका बिस्कुट,भुजिया,दालमाेठ,रिफाईन तेल, भटिएकाे थियाे।प्रतिबन्धित दाेफुल तेल,लेभल नभएकाे भुजिया तथा म्याद नाघेका बढी स्प्रे भेटिएकाे थियाे। अनुगमन टाेलीले माछा, मासु, किरना तथा चिया मिठाई पसल अनुगमन गरेकाे थियाे। अनुगमन गरिएका पसलहरुमा मूल्य सुचि भेटिएन। गौरादह बजारमा रहेकाे शुभलक्ष्मी सहकारी पसलमा मूल्य शुचि प्रत्येक सामानमा लेखिएको थियाे। अनुगमनका क्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय प्रमुख भरत बहादुर पुरीले ब्याबसायीले ब्याबसाय दर्ता गरेनगरेकाे,खाद्य सामाग्री काे अबस्थाकाे अनुगमनका क्रममा सल्लाह सुझाब सहितकाे पत्र बुझाएका थिए। म्याद नाघेका, लेभल नभएका र प्रतिबन्धित सामाग्री बिक्री बितरण नगर्न सुझाब दिएका थिए। मासु पसलेलाई मासु बन्द सिसाकाे बाकसमा राखी बिक्री गर्न र बचेकाे मासुलाई फ्रिजमा राख्न सुझाब दिएका थिए।बजार अनुगमनका लागी खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयकाे टाेली,ईलाका प्रहरी कार्यलय गौरदहका प्रहरी प्रमुख बिनाेद श्रेष्ठ वडा नं -१ का वडाध्यक्ष नगेन्द्र भन्डारी, वडा सदस्यहरु, गौरादह बजार ब्यबस्थापन समिति अध्यक्ष तथा पत्रकार प्रतिनिधिहरु सहभागीतामा अनुगमन गरिएको थियाे।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १ : ५३ बजे