झापा १४, असाेज / नजिकिँदै आएको दशैँ-तिहार र छठ चाडपर्व तथा भारतको किशनगञ्जमा हुने उप निर्वाचनलाई मध्यनजर गरी झापासँग जोडिएको सीमावर्ती नाकामा सुरक्षा व्यवस्था कडा बनाउने विषयमा दुवै देशका सुरक्षा निकाय सहमत भएका छन्। भद्रपुर नाकासँग जोडिएको भारतको गलगलियास्थित भादगाउँ सशस्त्र प्रहरी बल (एसएसबी)को क्याम्पमा बसेको नेपाल–भारत सुरक्षा निकायको मासिक बैठकमा दुवै देशका सुरक्षा निकायका…