१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

प्रधानमन्त्री केपी शर्मा ओली झापामा


४ फाल्गुन २०७६, आइतबार  

0
Shares

20200216_131225

झापा / प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज झापा आइपग्नु भएको छ ।
भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद् र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भएका छन् । प्रधानमन्त्रीसँगै पूर्वसभामुख सुवाशचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुन्छ । झापामा रहँदा प्रधानमन्त्रीले दमक कृष्ण मन्दिरदेखि बेलडाँगी कालोपत्रे सडकको उद्घाटन, दमकबाट मोरङको मधुमल्ला जोड्ने मावाखोलामा बनेको पक्की पुलकोे उद्घाटन, दमक नगरपालिका–१ मा जनता आवासमार्फत निर्माण गरिएका घरको साँचो हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न बेलडाँगीमा आयोजित समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली साँढे चार महिनापछि आफ्नो गृहजिल्ला आउनु भएको हो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आइतबार  ७ : २९ बजे