१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

भन्सार छली ल्याउदै गरेकाे ६० लाख बराबरकाे कपडा बरामद


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

received_493305708227280

गाैरीगंज २ , फागुन / अवैधरूपमा भन्सार छली लुकाई छिपाई भारतबाट नेपालतर्फ ल्याउदै गरेकाे पिक अफ भ्यानसहित कपडा प्रहरीले चेकजाँच गर्ने क्रममा बरामद गरेकाे छ ।
मेची राजमार्गमा विशेष सुराकीकाे आधारमा मेचीनगर नगरपालिका वार्ड नं. १२ स्थित धाइजनमा विहिवार विहान  भ्यानसहित  करिब ६० लाख रूपैयाँ बराबरकाे कपडा जिल्ला प्रहरी कार्यालय झापाकाे विशेष टाेलीले बरामद गरेकाे हाे ।
महेन्द्रा कम्पनीकाे मे १ ज १८०७ नं. काे पिक अफ भ्यानमा भन्सार छली नेटसाडी, ब्लाउज साडी, सर्टकाे साडी, बेहुली लेङ्गा, कटनकाे साडी, माैसम फेन्सी, ढाँका कपडालगायतका सामानहरू बरामद गरेकाे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए । नियन्त्रणमा लिएकाे गाडी, सामानसहित चालकलाई क्षेत्रिय राजस्व कार्यालय सुनसरी पठाईएकाे प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ७ : २० बजे