१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

आधारभुत अन्तर विद्यालय खेलकुद प्रतियोगितामा विजेता विद्यार्थीलाई पुरस्कार प्रदान


२ फाल्गुन २०७६, शुक्रबार  

0
Shares

20200214_173524
गाैरीगंज २, फागुन / गाैरीगंज गाउँपालिका स्तरिय आधारभुत अन्तर विद्यालय खेलकुद प्रतियाेगिता समापन भएकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे समापन कार्यक्रममा विभिन्न विधाका विजेता छात्र छात्रालाई प्राेत्साहन स्वरूप सिल्ड, ट्रफी प्रमाणपत्र , कापी र कलम प्रदान गरिएकाे थियाे । गाैरीगंज माविकाे प्राङ्गणमा शुक्रबार भएकाे कार्यक्रममा खेलकुद प्रतियाेगिताकाे फुटबल खेलमा सन साइन ईङ्गलिस बाेर्डिङ्ग स्कुल प्रथम र स्नाे ह्वाइट इङ्गलिस बाेर्डिङ्ग स्कुल दाेस्राे भएकाे थियाे भने क्रिकेट प्रतियाेगितामा छात्रतर्फ युनिभर्सल एकाडमी प्रथम र दाेस्राे आदर्स मावि भएकाे थियाे । त्यसैगरी क्रिकेट खेलमै छात्रातर्फ स्नाे ह्वाइट पहिलाे र देवकाेटा मावि दाेस्राे भएकाे थियाे ।

20200214_173511
त्यसैगरी प्रतियोगितामा हाईजम्प, लङ्गजम्प, छात्र तथा छात्राकाे १ सय, २ सय मिटर दाैड, हिसाब दाैड र स्मरण खेल खेलाईएकाे थियाे । ती खेलका प्रतियोगितामा प्रथम, दाेस्राे र तेस्राे हुने छात्र तथा छात्रालाई पुरस्कार प्रदान गरिएकाे थियाे ।
गाैरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा गाउँ शिक्षा समिति संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा सामुदायिक विद्यालयकाे तर्फबाट गाैरीगंज माविका प्रअ गाेविन्द घिमिरे , संस्थागत विद्यालयका तर्फबाट प्याब्सन गाैरीगंजका अध्यक्ष कमल प्रसाद राजवंशीलगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रविण दाहाल, शिक्षा शाखा प्रमुख सुशील दाहाल, लेखा अधिकृत हेम नेम्वाङ्ग, शिक्षक महासंघ गाैरीगंजका अध्यक्ष हरिलाल यादवलगायत सामुदायिक तथा संस्थागत विद्यालयका प्र.अ. तथा शिक्षकहरूकाे सहभागिता थियाे ।
20200214_173449
गाउँ शिक्षा समितिका सदस्य लक्ष्मण राजवंशीले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा युनिभर्सल एकाडमीका प्रिन्सिपल कमलेश्वर राजवंशी र प्र.अ. कुमार भण्डारीले सहभागी प्रमुख अतिथि तथा अतिथिहरूलाई खादा ओढाएर स्वागत गरेका थिए ।
गाैरीगंज शिक्षा शाखा कार्यालयका अधिकृत केशव भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।
20200214_173438

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ११ : ५७ बजे