विर्तामोड १८, पुस / प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं संविधानसभा सदस्य शिवसतासी–४ निवासी जगतबहादुर ताजपुरियाको गएराति १२ बजे ७८ बर्षको उमेरमा आफ्नै निवासमा निधन भएको छ ।२००१ सालमा जन्मनुभएका ताजपुरिया २०१७ सालदेखि नेपाली कांग्रेसमा प्रवेश गर्दै प्रजातान्त्रिक आन्दोलनमा सक्रिय हुनुभएको थियो । २०१८ सालदेखि नेपाली कांग्रेसले सञ्चालन गरेको सशस्त्र आन्दोलनमा समेत सक्रिय हुनुभएका ताजपुरिया २०२५ सालमा…