१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज गापाका प्रमुख प्रशासकिय अधिकृत कार्कीकाे सरूवा



गाैरीगंज १४, साउन / गाैरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर कार्की सरूवा भएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकाय तथा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको हो । प्रमुख प्रशासकिय अधिकृत कार्की जिल्ला समन्वय समिति ईलाम सरूवा भई यहाँबाट विदा लिदैछन् । त्यसैगरी गाैरीगंज गाउँपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा मणिराम खतिवडा आउने भएका छन् । उनी संखुवासभा स्थित पांचखपन नगरपालिका संखुवासभामा प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा कार्यरत थिए।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले
पालिका ६५ जना शाखा अधिकृत तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ११ गते विभिन्न निकाय तथा स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गर्ने निर्णय गरेको हो । 

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ११ : ४८ बजे