१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

‘कोचिला प्रदेश भएन भने विद्रोह हुन्छ’ – सांसद पूर्ण सिंह राजवंशी



झापा , साउन १८ । नेकपा माओवादी केन्द्रका प्रदेश सांसद पूर्णप्रसाद राजवंशीले यस प्रदेश झापा, मोरङ, सुनसरी कोचिला इतिहास बोकेको क्षेत्र भएकाले पहिचानका आधारमा कोचिला प्रदेश नामकरणका लागि सदनको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभाको मंगलबारको बैठकमा बोल्दै सांसद राजवंशीले १ नं प्रदेशको नामकरणमा कोचिला सभ्यताको नाम समावेश नगराईए बिद्रोह हुने चेतावनी दिएका छन् ।

आदिमकालदेखि औलोसंग लड्दै आएका आदिवासीहरूको जायज माग र अधिकारलाई राजनैतिक दलहरूले पनि बेवास्ता गर्दै आईरहेकोमा आक्रोश पोख्दै उनले कोचिला पहिचानको अधिकारको लडाइमा दर्जनौ कोचहरू सहिद भएको र कैयौ बेपत्ता पारिएको बताए । ‘झापा ३ (ख)बाट समग्र कोचिला क्षेत्रको प्रदेशसभामा प्रतिनिधित्व गरेकाले जनभावनाअनुसार सदनको ध्यानाकर्षण गराएको छु,’ उनले भने, ‘प्रदेश नाममा कोचिला शब्द नसमेटिए प्रदेशले विद्रोहको सामना गर्नुपर्ने कोचिलावासीको चेतावनी छ ।’

राजवंशी माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य तथा हाल अनुशासन बिभाग समिति सदस्य हुन् ।

प्रकाशित मिति : १८ श्रावण २०७९, बुधबार  ९ : ०५ बजे