१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंज -५ जनता टाेलबाट भन्सार छलेर ल्याईएकाे चिनी बरामद



गाैरीगंज ३०, साउन / झापाको गौरीगञ्जबाट प्रहरीले अवैध चिनि बरामद गरेको छ । आईतबार अन्दाजी ८ बजेको समयमा गौरीगञ्ज गाउँपालिका-५ जनता टोलबाट अवैध चिनी बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको प्रहरी टोलिले गौरिगञ्ज गाउँपालिका-५ जनता टोल स्थित ग्वालिमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याई लुकाई राखेको अवस्थामा १ लाख ११ हजार रुपैयाँ बराबरको ३१ बोरा (१५५० केजी) चिनी फेला पारी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथ प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो । थप आवश्यक कार्वाहीको लागि उक्त अवैध चिनी मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको प्रवक्ता पाठकले बताउनुभयो ।

प्रकाशित मिति : ३० श्रावण २०७९, सोमबार  १ : ०६ बजे