काँकरभिट्टा १६, बैशाख / अहिलेसम्मकै ठूलो परिमाणको नेपालमा प्रतिवन्धित लागूऔषधसहित एकजनालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले पक्राउ गरेको छ । समुदाय प्रहरी साझेदारी अवधारण अनुसार सीमा निगरानी समितिको पहलमा सोमबार राति साढे १० बजे १ सय ग्राम ब्राउन सुगरसहित झापा मेचीनगर— ७ पुलमुनि बस्ने ५८ वर्षीय बच्छी भन्ने बच्चु चौधरीलाई पक्राउ गरिएको समाचार स्रोतले जनाएको छ…