१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा थप दुई स्थानमा क्वारेन्टाइन हुने, गाउँपालिका जाँदा ख्याल गर्नुहाेला


२० जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200501_193651

गाैरीगंज २०, जेठ / गाैरीगंज गाउँपालिकाले २ स्थानमा थप क्वारेन्टाइन स्थापना गर्ने भएकाे छ ।

राेजगारी तथा अध्ययनका सिलसिलामा भारत गएका नेपालीहरूकाे घर फर्कने क्रम बढेपछि उनीहरूकाे व्यवस्थापनका लागि थप दुई स्थानमा क्वारेन्टाइन स्थापना गर्न गाउँपालिकाकाे साेमवार बसेकाे बैठकले निर्णय गरेकाे हाे ।
गाैरीगंज गाउँपालिकाकाे वार्ड नं. ५ र ६ का लागि वार्ड नं. ६ खजुरगाछीमा रहेकाे खजुरगाछी मावि र वार्ड नं. १ र २ का लागि वार्ड नं. २ काेराेवारीमा रहेकाे ऋश्चियन विद्यालयमा क्वारेन्टाइन स्थापना गर्ने निर्णय भएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिएका छन् ।
गाउँपालिकाले गाैरीगंज गाउँपालिका वार्ड नं. ६ मा रहेकाे प्राथमिक स्वास्थ्य केन्द्रकाे नयाँ भवन र गाैरीगंज बहुमुखी क्याम्पसमा क्वारेन्टाइन स्थापना गरि सकेकाे छ ।
क्वारेन्टाइनलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि थप बजेटका लागि प्रदेश सरकारसंग बजेट माग गर्ने वैठकमा निर्णय भएकाे जनाईएकाे छ ।
प्रत्येक क्वारेन्टाइनमा सुरक्षाकर्मीलाई परिचालन गर्नुकाे साथै सुरक्षा अवस्थालाई अझ प्रभावकारी बनाउन थप स्वयंसेवक खटाईने वैठकमा निर्णय भएकाे छ । हाल प्राथमिक स्वास्थ्य केन्द्रकाे क्वारेन्टाइनमा ९ जना र गाैरीगंज बहुमुखी क्याम्पसमा पनि ६ जना स्वयंसेवक खटाईएकाे र स्थापना हुने २ क्वारेन्टाइनमा पनि ६/६ जना गरि स्वयंसेवक खटाईने अध्यक्ष श्रेष्ठले बताए ।

गाैरीगंज गाउँपालिकाकाे साेमवार कार्यपालिकाकाे बसेकाे बैठकले सम्झाैता गर्न बाँकी रहेकाे याेजनाहरू जेठ २३ गतेसम्म सम्झाैता गर्ने अन्तिम मिति ताेकेकाे छ । उत्त समय भित्र सम्झाैता गर्न आएका याेजनाहरू मात्र सम्झाैता गर्न सकिने जनाईएकाे छ ।
वार्ड नं. १ देखि ६ सम्मका १७ वटा याेजनाहरूकाे ४२ लाख रूपैयाँ कटाैती गरि गाउँपालिकाकाे प्रकाेप व्यवस्थापन काेषमा जम्मा गर्ने निर्णय भएकाे छ ।
20200501_193720

कार्यपालिकाकाे वैठकले गाउँपालिकाले दैनिक सञ्चालन गर्ने कार्य र सेवाहरूलाई व्यवस्थित र सुरक्षित बनाउन समय तालिकाकाे निर्णय गरेकाे छ ।

गाउँपालिका जाँदा ख्याल गर्नुहाेला

गाउँपालिकाकाे कार्यालय विहान १० बजेदेखि ४ बजेसम्म खुलेपनि सेवाग्राहीका लागि विहान १० बजे देखि दिउसाे २ बजेसम्ममात्र खुल्ला रहने र अन्य समय कार्यालयकाे आन्तरिक कार्य मात्र गर्ने निर्णय भएकाे छ । त्यसैगरी आईतवार, साेमवार र मंगलवारका दिन याेजनाहरू र अन्य कार्यहरूकाे प्राविधिक र लेखासम्बन्धित विल भाैचर र भुक्तानी दिने , बुधबार र विहिवार आर्थिक सहयाेग तथा अन्य विविध कार्यहरू मात्र गर्ने , विहिवार र शुक्रबार याेजनाहरूकाे अनुगमन गर्ने लगायतका निर्णय भएकाे छ ।
गाउँपालिकाकाे कार्यालयमा जथाभावी प्रवेशलाई व्यवस्थित गर्ने गरि मुलगेटमा स्वयंसेवक राख्न आन्तरिक छलफल भईरहे पनि निर्णय भने भईनसकेकाे बुझिएकाे छ । आर्थिक वर्षकाे अन्तिम समयमा कार्यालयमा हुने भिडभाडलाई मध्यनजर गर्दै कार्यालयकाे दैनिक कामकाजलाई सरल र सहज तबरबाट सञ्चालन गर्न उत्त निर्णयहरू गरिएकाे अध्यक्ष श्रेष्ठ बताउँछन् ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ४ : १८ बजे