१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

म्याद सकिएका वि.व्य.समितिका सामुदायिक विद्यालयमा तदर्थ समिति गठन गर्नेे निर्णय


२० जेष्ठ २०७७, मंगलबार  

0
Shares

20200602_192743

गाैरीगंज २०, जेठ / गाैरीगंज गाउँपालिका अन्तर्गत म्याद सकेका सामुदायिक विद्यालयका व्यवस्थापन समितिमा वार्ड अध्यक्ष संयाेजक रहने गरि तदर्थ समिति गठन गर्ने निर्णय भएकाे छ ।
गाैरीगंज गाउँपालिकाकाे शिक्षा समितिकाे साेमबार बसेकाे बैठकले वार्ड अध्यक्ष संयाेजक रहने गरि विद्यालय व्यवस्थापन तदर्थ समिति गठन गर्ने निर्णय भएकाे हाे ।
गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समितिका संयाेजक दिपिन्द्र थापाकाे अध्यक्षतामा बसेकाे बैठकले म्याद सकिएका विद्यालय व्यवस्थापन समितिका कारण विद्यालयकाे दैनिक कामकाजमा असहज परिस्थिति उत्पन्न भएपछि शिक्षा समितिले उत्त निर्णय गरेकाे हाे ।
म्याद सकिएका सामाुदायिक विद्यालयकाे विद्यालय व्यवस्थापन समितिकाे संयाेजकमा सम्वन्धित वार्डका अध्यक्ष रहने, सम्वन्धित वार्ड कै वडा सदस्यहरूमध्ये एक जना सदस्य, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा सदस्यहरू मध्येबाट एक जना , सम्वन्धित विद्यालयका शिक्षकहरू मध्येबाट एक जना शिक्षक प्रतिनिधि र सम्बन्धित विद्यालयका प्रअ सदस्य सचिव रहने छ ।
शिक्षा समितिले काेराेनाकाे फैलिदाे संक्रमणका कारण विद्यालय बन्द रहेकाे हुनाले म्याद सकिएका विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकिएकाे बताउदै विद्यालयहरूमा वार्ड अध्यक्षकाे संयाेजकत्वमा तर्दथ समिति १५ दिन भित्र गठन गर्न भनेकाे छ ।

प्रकाशित मिति : २० जेष्ठ २०७७, मंगलबार  ३ : ४६ बजे