१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

झापामा थप एक जना कोरोना संक्रमितसंगै जिल्लामा११८ जना पुग्याे


२१ जेष्ठ २०७७, बुधबार  

0
Shares

20200528_210918

बिर्तामोड २१, जेठ / झापामा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । झापाका थप एक जना पुरुषमा बुधवार संक्रमण देखिएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको कमल गाउँपालिकाका १८ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । नयाँ संक्रमितसँगै झापामा संक्रमितको संख्या ११८ पुगेको छ ।

यसअघि मंगलवार बुद्धशान्ति गाउँपालिकाको क्वारेन्टाइनमा बसेका पाँच जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । बुधवार प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार मोरङको रंगेली नगरपालिकामा २ जना पुरुष, झापामा १ जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ७ जना पुरुष, धनकुटाको सहिदभूमि गाउँपालिकामा १ जना पुरुष र तेह्रथुमको आठराईमा एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको छ ।

विराटनगर र धरानको प्रयोगशालमा परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताले जानकारी दिए । बुधबार थप १३ जनामा संक्रमण पुष्टि भएसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । ती मध्ये ४८ जना उपचार पछि निको भएका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  ११ : १८ बजे