२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

कांग्रेस जिल्ला सदस्यद्वारा दमकमा राहत वितरण


३१ बैशाख २०७७, बुधबार  

0
Shares

20200513_133616
दमक ३१ ,बैसाख /
नेपाली कांग्रेस झापा जिल्ला सदस्य रबि न्यौपानेले पार्टीको वडा समिति मार्फत मंगलबार वडा भित्रका बिपन्न परिवारलाई राहत वितरण गरेको छ ।

लामो समय देखिको लकडाउनका कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने दमक  वडा नंं. ८ भित्रका १ सय २७ परिवारलाई परिवार संख्याका आधारमा प्रति परिवार १०,२०,२५ केजीका दरले राहत उपलब्ध गराईएको वडा सभापती उमाकान्त ढुंगानाले जानकारी दिए ।

ढुंगानाका अनुसार जिल्ला सदस्य न्यौपानेले २१००केजी चामल र सभापति ढुंगानाले १३० पोका आयो नुन राहतका लागि सहयोग गरेका हुन् ।

लामो समय देखिको लकडाउनले खाना खान समस्या परेको भन्दै वडाभित्रका नागरिकहरुले पार्टीमा आग्रह गरे अनुसार १ सय २७ परिवारलाई राहत उपलब्ध गराईएको हाे ।

दमक ८ का लक्ष्मी मार्ग ,शान्ति नीराजन ,नमुना,लक्ष्मी टोल,बलुवाटार टोल ,रतुवामार्ग ,नब सृजना ,आइतबारे, मकालु टोल का गरी जम्मा १२७ बिपन्न परिवारलाई करिब १ लाख २०हजार मूल्य बराबर को खाद्यान्न बितरण भएको दमक कांग्रेसका सह सचिब दिपेश दाहालले बताए ।
राहत वितरण कार्यक्रममा कांग्रेस महासमिति सदस्य दिल बहादुर बुढाथोकी ,मेदनीप्रसाद सिटौला, जिल्ला सदस्यहरु उमाकान्त आचार्य, मेनुका बुढाथोकी ,बिक्रम अधिकारी,महाधिबेशन प्रतिनिधि रोशन गौतम ,क्षेत्रीय सभापति ढुणडीराज भण्डारी नगर सभापति रोशन बिस्ट सहित स्थानिय नेता मीना कोइराला,चन्द्र खत्री, परशुराम रिजाल ,किरण थापा ,नेबिसंघ झापा उप सभापति भवानी काफ्लेलगायतको उपस्थिति रहेको थियो भने सो कार्यक्रम वडा न.८ का वडा अध्यक्ष पशुपतिराज गौतमको रोहबरमा भएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  ७ : ५७ बजे