४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

जेठ १ गतेबाट सबै प्रकारका पास रद्द


३१ बैशाख २०७७, बुधबार  

0
Shares

20200513_072115
काठमाडौं ३१, बैशाख /
नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि जोखिमलाई मध्यनजर गर्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि पास रद्द गरेको छ । जेठ १ गतेबाट सबै प्रकारका पास रद्द गरिएको गृह मन्त्रालयले जानकारी दिएको हो ।

नेपालमा मंगलबार मात्रै ७४ जनामा कोरोना संक्रण देखिएपछि सरकारले उच्च सतर्कता अपनाएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दिउँसो ५७ जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो भने बुलुका थप १७ जनाको रिपोर्ट पोजेटिभ आएको स्रोतले बतायो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०४ पुगेको छ ।

आवातजावतका कारण कोरोना संक्रमित बढ्ने भएकाले गृह मन्त्रालयले अत्यावश्यकबाहेका अन्य सवारी साधनका लागि दिँदै आएको पास रद्द गरिएको गृह मन्त्रालयल स्रोतले बतायो । यसअघि सात दिने पास लकडाउन भरी लागू हुने गृह जानकारी दिएको थियो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय बाराले बारा जिल्लामा निशेधाज्ञालाई थप कडाइ गरेको छ । पर्साको वीरगंज बारा र तराईका जिल्लामा देखिएको कोरोना संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रशासनले लकडाउनलाई थप कडाइ गर्ने जानकारी दिएको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले एक सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवा पूर्ण रूपमा बन्दे रहेने जानकारी दिएका छन् । आज बसेको क्राइसिस म्यानेजम्यान्ट सेन्टरको निर्णयअनुसार दैनिक आवतजावतमा अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधानहरूलाई पूर्ण बन्देज गराउने निर्णय गरेको छ । त्यस्तै गम्भीर विरामीबाहेक अन्यका लागि इपाससमेत भोलिबाट खारेज गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै, भारतसँग सीमा जोडिएका नाकामा आवातजावत पूर्णरूपमा बन्द गर्ने र अत्यावश्यकबाहेका व्यक्तिलाई घरबाहिर निस्कन नदिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पण्डितले जानकारी दिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १ : ४१ बजे