९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

सीमामा खटिएका सुरक्षाकर्मीलाई गाैरीगंज गाउँपालिकाद्वारा राहत वितरण


१० बैशाख २०७७, बुधबार  

0
Shares

20200422_155949
गाैरीगंज १०, बैशाख / गाैरीगंज गाउँपालिकाले काेराेना काेभिड १९ काे नियन्त्रण तथा राेकथामका लागि सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाई खाद्यान्न तथा अन्य सामग्रीहरू वितरण गरेकाे छ ।
सरकारले लकडाउन लगाएसंगै सिमा क्षेत्रमा कडा निगरानी र उच्च सतर्कता अपनाउन स्थायी र अस्थायीरूपमा स्थापना गरिएका ३४ वटा प्रहरी पाेष्टमा खटिएका सुरक्षाकर्मीलाई गाउँपालिकाले खाद्यान्न वितरण गरेकाे हाे ।
गाउँपालिकाले १४० कार्टुन पानी, ६० प्याकेट चिउरा, ३५ प्याकेट भुजिया, १०० कार्टुन चाउचाउ, ४१२ प्याकेट विस्कुट, १० थान साईकल, ३५ थान टर्च लाईट वितरण गरेकाे गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले जानकारी गराएका छन् ।
गाैरीगंज गाउँपालिकाकाे गाैरीगंजमा ६ , अल्तावारीमा ६, भाकुरमारीमा ४ र कुञ्जीमारीमा ११ गरि जम्मा २७ वटा सशस्त्र प्रहरी सिमा सुरक्षा बलका सुरक्षा पाेष्ट स्थापना गरिएका छन् भने गाैरीगंजमा ४, काेराेबारीमा ३ वटा गरि जम्मा ७ वटा जनपथ प्रहरीका गरि जम्मा ३४ वटा सुरक्षा पाेष्ट स्थापना गरिएकाे उपाध्यक्ष थापाले जानकारी गराएका छन् ।

सरकारले काेराेना भाईरसकाे महामारीलाई राेकथाम तथा नियन्त्रण गर्न गाैरीगंजकाे सिमा क्षेत्रमा थप सशस्त्र प्रहरी परिचालन गरेकाे छ ।
सशस्त्र सीमा सुरक्षा बल वेस क्याम्प गाैरीगंज र कुञ्जिवारीमा ९५ जना सुरक्षाकर्मी थपिएका छन् । अहिले दुबै स्थानमा गरि जम्मा १ सय ७५ जना सशस्त्र प्रहरीले सीमा खटिएकाे सशस्त्र सीमा सुरक्षा बलका प्रहरी निरीक्षक साईमन श्रेष्ठले जानकारी दिएका छन् । सशस्त्र प्रहरी वेस क्याम्प गाैरीगंज र कुञ्जिवारीमा सुरक्षाकर्मी करिब दाेब्बर थपिएपछि उनीहरूलाई खान र बस्न भने कठिनाइ भएकाे छ ।
सीमामा अाउजाउ राेक्न प्रहरीकाे अस्थायी पाेष्ट निर्माणमा स्थानियवासीले सहयाेग गरिराखेका छन् ।

प्रकाशित मिति : १० बैशाख २०७७, बुधबार  १० : २० बजे