३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

गाैरीगंजमा लैंगिक हिंसा विरूद्व जनचेतनामुलक कार्यक्रम सम्पन्न


२४ मंसिर २०७६, मंगलबार  

0
Shares

IMG_20191210_093442

काेचिला संवाददाता
गाैरीगंज २४, मंसिर / झापाकाे गा‌ैरीगंजमा लैंगिक हिंसाविरूद्व जनचेतना मुलक कार्यक्रम आज सम्पन्न भएकाे छ । इलाका प्रहरी कार्यालय गाैरीगंजले गाैरीगंज गाउँपालिका वार्ड नं ४ काे बेलडाँगीमा जनचेतना कार्यक्रम सञ्चालन गरिएकाे हाे ।
मंसिर ९ गते देखि २४ गतेसम्म सञ्चालन भएकाे अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरूद्व १६ दिने अभियानलाई सफल पार्न कार्यक्रमकाे आयाेजना गरिएकाे ईलाका प्रहरी कार्यालय गाैरीगंज प्रमुख गणेश भट्टराईले जानकारी गराए । भट्टराईका अनुसार विपद् जाेखिम न्युनिकरणमा प्रहरी सहायक निरिक्षक सुवास मिश्र र ट्राफिक जनचेतना कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी पाेष्ट गाैरीगंजका इन्चार्ज भाेजराज चाैलागाईले सहजिकरण गरेका थिए ।
ईलाका प्रहरी कार्यालय गाैरीगंजकाे आयाेजनामा सञ्चालन गरिएकाे कार्यक्रममा गाैरीगंज गाउँपालिका भित्रका ७० जनाकाे सहभागिता थियाे । कार्यक्रमलाई सहजिकरण गर्दै ईलाका प्रहरी कार्यालय गाैरीगंजका प्रमुख गणेश भट्टराईले कार्यक्रमलाई सहजिकरण गर्दै समाजमा हुने गरेका विभिन्न प्रकारका हिंसाहरूलाई न्युनिकरण गर्न आवश्यक रहेकाे जानकारी गराए ।
समाजमा हुने गरेका धर्म संस्कृतिका हिंसा वालविवाह, वहुविवाह, बाेक्सीका नाममा दिने यातना, लिंगका आधारमा गरिने भेदभाव, याैनजन्य हिंसा र दाइजाे प्रथालगायतका विषयहरूमा न्युनिकरण गर्ने उधेश्यले सहजिकरण गरेका थिए ।
त्यसैगरी प्रशनि सुवास मिश्रले आगलागीबाट बच्ने उपाय , क्षतिकाे न्युनिकरण, भुकम्प, वर्षातकाे समयमा हुने वाढीकाे जाेखिम घटाउन गरिने क्रियाकलापका बारेमा सहजिकरण गरेका थिए ।
ट्राफिक भाेजराज चाैलागाईले दुर्घटनाबाट जाेगिन अपनाउनु पर्ने उपायका बारेमा सहजिकरण गरेका थिए ।
मादकपदार्थ सेवन गरि सवारीसाधन नचलाउन, सडक घुमेबाे ठाउँमा सवारी साधन विस्तारै चलाउन, माेटर साइकल चलाउदा हेल्मेट अनिवार्य लगाउन, भिड तथा बजार क्षेत्रमा सवारी गति नियन्त्रण गर्नलगायतका विषयमा सहजिकरण गरेका थिए ।
कार्यक्रम वार्ड नं. ४ का वार्ड अध्यक्ष कुलप्रसाद गिरीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  ११ : ०८ बजे