३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

बल बहादुर राजबंशीको नयां कोसेली


२८ पुस २०७४, शुक्रबार  

0
Shares

balbdr1

balbdr11
गौरीगँज / नेपाली गित संगीतमा पछिल्लो समय एक पछि अर्को गीत गर्दै दर्शक श्रोता माझमा आएका एक कुशल गायक हुन् बल बहादुर राजबंशी ।“तिमीले त अन्तै मुटु साट्यौ भन्ने सुनेको छु भन्ने” गीत बाट चर्चा पाउन सफल गायक राजबंशी पछिल्लो समयका एक कुशल गायकका रुपमा चिनिन्छन । यिनै गायकले आफ्नो राजबंशी भाषाको ४ ओटा एल्बम समेत सार्बजनिक गरेका छन् । गित संगीतका लागि सम्भाबनाका एक अब्बल गायक बल बहादुरको नयाँ गीत “यस पालि त बिहे गर्ने हो” सार्बजनिक भएको छ ।

सार्वाजनिक गरिएको यो गीतमा संगीतकार हरि लम्सालको संगीत राजु बाबु श्रेष्ठको शब्द रचना संगै उदय राज पौडेलको संगीत संयोजन रहेको छ ।यसै गरि यो गीतको म्युजिक भिडियो पनि तयार भएको छ । म्युजिक भिडियोमा चर्चित मोडल अलिशा राई अनि भीमफेदी गाईजको अभिनय लाई देख्न सकिने छ । ज्ञानेन्द्र शर्माको छायांकन रहेको भिडियोमा द मनिटेजको सम्पादन संगै भीमफेदी गाईज निर्मल लामा (बिजिको) को निर्देशन रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०७४, शुक्रबार  ४ : ३० बजे