३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

गौरीगँजको प्रथम गाउँसभा सम्पन्न


२८ पुस २०७४, शुक्रबार  

0
Shares

palika
गौरीगँज २८, पुस / गौरीगँज गाउपालिकाले ५५ करोड १८ लाखको बार्षिक बजेट पारित गर्दै बिहिबार अबेर रात सम्म बसेर गाउपालिकाको पहिलो एतिहासिक गाउँसभा सम्पन्न गरेको छ । बुधबार खजुरगाछी स्थित शिवालय मन्दिरको सभाहलमा उद्घाटन सत्र बाट शुरु भएको गौरीगँजको पहिलो गाउँसभा बिहिबार गाउपालिका कार्यालयकै सभा हलमा बिहान १० बजे देखि जारि बन्द सत्रमा गापा उप प्रमुख दिपिन्द्र थापा द्वारा प्रस्तुत बार्षिक निती तथा कार्यक्रम माथि गाउपालिका सदस्यहरुले लामो छलफल गरि प्रस्तावित ५५ करोड १८ लाख ४१ हजार १ सय १३ रुपैयाको बार्षिक बजेट पारित गर्दै गाउसभा समापन भएको हो ।

हिजो पृथ्वी जयन्ती दिवसको दिन राष्ट्र निर्माता पृथ्वीनारायण शाहको फोटो माल्यार्पण सँगै शुरु भएको बन्द सत्रको पहिलो सेसनमा निती तथा कार्यक्रन प्रस्तुत गरिएको थियो भने दोस्रो सेसनमा निती तथा कार्यक्रममा छलफल गरिएको थियो ।
पहिलो एतिहासिक गाउसभाले पारित गरेको निती तथा कार्यक्रम केहि दिन पछी प्रकाशित गरि सार्वजनिक गरिने कुरा गापा प्रमुख बाबुराजा श्रेष्ठले जनाएका छन् ।

प्रकाशित मिति : २८ पुस २०७४, शुक्रबार  ३ : ४८ बजे