१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजमा १५ शैय्याकाे अस्पताल शिलान्यास, २ वर्षमा निर्माण कार्य सम्पन्न हुने मन्त्री कार्कीकाे भनाई


१५ मंसिर २०७७, सोमबार  

0
Shares

गाैरीगंज १५, मंसिर / झापाको गाैरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा निर्माण हुन लागेको आधारभूत अस्पतालको साेमबार प्रदेश नं.१  आन्तरिक मामिला तथा कानुन मंन्त्री हिक्मत कुमार कार्कीले शिलान्यास गरेका छन् ।

नेपाल सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा एकैसाथ देशभरमा ३ सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने लक्ष्य अनुसार अान्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले गाैरीगंजमा १५ शैंयाको अस्पतालको शिलान्यास गरेका हुन् ।


गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार १८ कराेड रूपैयाँकाे लागतमा अस्पताल निर्माण हुन लागेकाे हाे । त्यसमध्ये ३ कराेड २३ लाख रूपैयाँ निर्माण कार्य शुरूवात गर्न गाउँपालिकामा अाईपुगेकाे छ ।

१ सय ७ वटा स्थानीय तहमा १५ तथा बाँकी स्थानीय तहमा ५ शैंयाको अस्पताल बन्न लागेको हो ।
नीति तथा कार्यक्रमा ५ देखि १५ शैंयाको अस्पताल निर्माण गर्ने लक्ष्य भए पनि सरकारले सवैतिर १५ शैयाको अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको भनाई छ ।

आगामी दुईवर्षभित्रमा गाैरीगंजमा निर्माण हुन लागेकाे १५ शैंयाको अस्पताल सञ्चालनमा ल्याउने सरकारको लक्ष्य रहेको छ । १५ शय्याको अस्पतालमा तीनजना मेडिकल अफिसरसहित २७ स्वास्थ्यकर्मी खटिनेछन् । आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यक्रियासहितको सेवा ती अस्पतालले दिनेछन् । संघीय सरकारको बजेट र डिजाइनमा स्थानीय सरकारले काम गर्ने जनाईएकाे छ ।

गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा अस्पताल सञ्चालनका लागि पालिकासँग समन्वय गरेर नेपाल सरकारले काम गर्न लागेको जनाईएकाे छ ।
आगामी दुईवर्षभित्र काम सम्पन्न गर्ने गरि अब गाउँपालिकाले टेण्डर प्रक्रिया शुरु गर्ने छ । यो बहुवर्षीय योजना रहका कारण पालिकालाई यसवर्ष आशिंक र आगामी वर्ष बाँकी रकम पठाउने सरकारको तयारी छ ।

शिलान्यास कार्यक्रममा संविधानसभा सदस्य दिपक कार्की, कार्वाहक प्रमुख प्रशासकीय अधिकृत हेमचन्द्र नेम्वाङ, वार्ड अध्यक्षहरू मखना महताे, कुल प्रसाद गिरी, विजय प्रसाद सिंह, ईलाका प्रशासन कार्यालय गाैरीगंजका प्रमुख धनन्ञ्य कुमार साह, नेकपा गाैरीगंज अध्यक्ष विद्यानन्द राजवंशी, कार्यपालकिा सदस्यहरु राधा अधिकारी, जेठा मुर्मु, पुर्व गाविस अध्यक्ष विजय अग्रवाल, समाजसेवीहरू श्याम ढकाल, जयनारायण दास, उद्योग वाणिज्य संघ गाैरीगंजका सचिव श्रवण गिरीलगायत विभिन्न संघ संस्थाहरूकाे प्रतिनिधिहरूकाे सहभागिता थियाे । गाैरीगंज गाउँपालिका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेकाे कार्यक्रमकाे ओैचित्यमाथि प्रकाश पारेका थिए ।

पुरानाे २५ शैय्याकाे अस्पतालमा घेराबेरा छैन 

गाैरीगंज गाउँपालिका वार्ड नं ६ खजुरगाछीमा यसअघि पनि २५ शैय्याकाे अस्पताल निर्माण भईसकेकाे छ । प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछी गाैरीगंजलाई स्तराेउन्नति गरि २५ शैय्या अस्पताल निर्माण भएकाे हाे । उत्त भवन ३ कराेड ६२ लाख रूपैयाँकाे लागतमा १८ महिनामा सक्नेगरी ठेक्का सम्झाैता भएकाे थियाे ।

उत्त भवन २०६६ सालमा ठेक्का लागेर ६ विघा १७ कठ्ठा क्षेत्रफल मध्ये ३ विघामा साे अस्पताल करिव २ वर्षअघि निर्माण कार्य सकिएकाे थियाे । पुष्पाञ्जली शंकरमाली कुनसालिङ्ग जेभी प्रालिले भवन निर्माणका लागि जिम्मा पाएकाे थियाे ।
अस्पतालसंगै बनाईएकाे शव परिक्षण गृह खण्डहर भईसकेकाे छ । खाेलाकाे डिलैमा रहेकाे उत्त शव परिक्षण गृह स्थानियकाे लागि शाैचालयकाे रूपमा परिणत भएकाे छ । अस्पतालकाे भित्री काेठाहरूमा वर्षातकाे समयमा पानी चुहिने गरेकाे छ भने अस्पतालमा घेराबेरा समेत छैन । हाल उत्त भवनमा ५ वेडकाे काेभिड अस्पतालकाे रूपमा सञ्चालनमा छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ११ : ०८ बजे