४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

प्रदेश १ को राजधानी विराटनगर नै उपयुक्त


१२ पुस २०७४, बुधबार  

0
Shares

morang1

विराटनगर / प्रदेश १ को राजधानीका लागि उपयुक्त स्थानको खोजी गर्न सरकारले गठन गरेको कार्यदलले विराटनगर उपयुक्त रहेको निष्कर्ष निकालेको छ ।

विराटनगरमा उपयुक्त भौतिक संरचना रहेकोले प्रादेशिक राजधानीका लागि उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन कार्यदलले सरकारलाई बुझाएको छ ।

कार्यदलले विराटनगरमा पूर्वमै सबै भन्दा वढी सुविधा सम्पन्न तयारी अवस्थाका सरकारी कार्यालयका १२ वटा भवना रहेको भन्दै सरकारलाई अस्थायी राजधानी विराटनगरमा राख्न उपयुक्त हुने सुझाव समेत दिएको छ ।

सरकारले प्रादेशिक राजधानीका लागि आवश्य भौतिक संरचनाको अध्ययन गरी सिफारिस गर्न शहरी विकास मन्त्रालयका कर्मचारी सम्मिलित एक कार्यदल निर्माण गरेको थियो ।

कार्यदलले प्रदेशको पहिलो सभा गर्ने स्थान र प्रादेशिक राजधानीका लागि उपयुक्त संरचनाको खोजी गरी सरकारलाई प्रतिवेदन हालै वुझाएको हो ।

कार्यदलले पुर्वका धनकुटा,इटहरी,विराटनगर र झापाको दकममा पुगी त्यस स्थानमा भएका भौतिक संरचनाको अवस्थाको वारेमा अध्ययन गरेको थियो ।

जसमा सबै भन्दा बढी १२ वटा ठूला सरकारी भवन विराटनगरमा ४/४ वटा धरान र धनकुटामा, दुई/दूइ वटा इहटरी र दमकका रहेका छन ।

निर्वाचन सम्पन्न भएको २० दिन भित्र प्रदेशको पहिलो वैठक वस्ने पर्ने सवैधानिक व्यवस्था रहेको छ । तर, सरकारले अहिलेसम्म प्रदेश सभाको वैठक स्थल तोक्ने र अस्थायी राजधानी तोक्ने काम घोषण गर्न सकेको छैन ।

प्रकाशित मिति : १२ पुस २०७४, बुधबार  ११ : ५८ बजे