२४ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026

कक्षा १२ को परीक्षा सर्‍यो



काठमाडौँ/ वैशाख ११ गतेका लागि तय गरिएको कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि मात्र हुने भएको छ । शिक्षकहरूको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सार्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने अवस्था रहेको खण्डमा सार्न अनुरोध गरेका थिए।

सोही आधारमा बोर्डले वैशाख २१ गतेका लागि परीक्षा सारिएको अध्यक्ष शर्माले बताए । विषम परिस्थितिका कारण परीक्षा सार्नु परेको उनको भनाइ छ। यसअघि बोर्डको आज बिहान बसेको बैठकले तोकिएकै मितिमा परीक्षा गर्ने निर्णय गरेको थियो। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सार्ने भनेको थियो। तर बोर्डको निर्णय शिक्षकहरूले प्रतिरोध गर्ने चेतावनी दिएका थिए। त्यस्तै ट्रेड युनियनहरूले समेत कर्मचारीले परीक्षा नगर्ने प्रस्ट पारेको थियो । त्यसपछि परीक्षा सार्ने विषयमा प्रधानमन्त्रीले छलफल गरेका थिए। भोलि परीक्षा सार्ने सूचना तथा परीक्षा तालिका सार्वजनिक गरिने बोर्डका अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८२, बुधबार  ७ : ३७ बजे