
समाजवादी मोर्चाले आज शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा विरोध सभा आयोजना गर्दैछ । विरोधसभा अघि मोर्चाले काठमाडौंको विभिन्न स्थानबाट जुलुस प्रदर्शन गर्ने भएको छ । मोर्चाले विरोध प्रदर्शनमा करिब डेढ लाख मानिस सहभागी हुने अपेक्षा राखेको छ । मोर्चाका अनुसार विरोध जुलुस बिहान ११ बजे सुरु हुनेछ । मोर्चाले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन रुट निर्धारण गरेको हो ।
