३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

लोकतन्त्र सखाफ पार्ने पार्टीलाई जनताले सखाफ पार्ने छ ः डा.अधिकारी


२५ कार्तिक २०७४, शनिबार  

0
Shares

congresh news

गौरीगंज २६, कार्तिक ÷ मंसिर २१ गते हुने निर्वाचनमा लोकतन्त्रको पक्षमा मतदान गर्न झापा क्षेत्र नं. ५ का नेपाली कांग्रेसतर्फका उम्मेदवार डा. खगेन्द्र पाण्डब अधिकारीले आम जनतालाई आव्हान गरेका छन् । गौरीगंजमा आज आयोजित पार्टी एकता कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका डा. अधिकारीले लोकतन्त्रलाई सखाफ पार्ने पार्टीलाई जनताले सखाफ पार्र्नेे बताए । उनले भने – ‘ जनताले आफ्नो मत मार्फत त्यसको जवाफ दिने छ । ’ लामो समय प्रध्यापन पेशामा रही सरकारको नोकर रहेको र अब जनताको नोकर हुन आएको उनले प्रस्ट पार्दै भने – ‘म जनताको नोकर हुन आएको हु, मलाई मंसिर २१ गते जनताले मलाई नोकर राख्ने पुर्ण विश्वास लिएको छु ।’ नेपाली कांग्रेसले मधेशी जनताको अधिकारको लागि संविधान संसोधन दर्ता गरे पनि नेकपा एमालेले त्यसलाई संशोधन हुन नदिएको आरोप लगाए । कार्यक्रममा क्षेत्र नं. ५ (क) का प्रदेश सभाका उम्मेदवार अनिल कृष्ण प्रसाईले आफु कृषि बिज्ञ भएकोले यस क्षेत्रमा कृषि क्रान्ति ल्याउने बताए । कृषकका लागि वृहत योजना बनाई कृषि उत्पादनमा जोड दिने बताए । ग्रामीण बाटोहरुलाई गा्रभेल गरी किसानले उब्जाएको फलफुल तरकारी बजारमा पुर्याउने वातावरण तयार गर्ने दाबी गरे । कार्यक्रममा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट नेपाली कांगे्रसमा समायोजन भएका फोरमका जिल्ला कार्यवाहक अध्यक्ष देवी प्रसाद राजवंशी, क्षेत्रिय अध्यक्ष गंगा राजवंशी, नौताली राजवंशी, आसामुदिन मिया“लगायत नेता तथा कार्यकर्ताहरुलाई स्वागत गरिएको थियो । उत्त कार्यक्रममा राजेन्द्र कार्कीको संयोजकत्वमा एक हजार एक निर्वाचन प्रचार प्रसार समिति गठन समेत गरिएको छ । समितिको सहसंयोजक गंगाप्रसाद राजवंशीलाई राखिएको छ भने विभिन्न समितिहरुसमेत गठन गरिएको छ । त्यसैगरी गौरीगंज गाउ“पालिका वार्ड नं. ६ मा नेपाली कांग्रेसको बद्री नारायण यादवको संयोजकत्वमा चुनाव प्रचार समिति गठन गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७४, शनिबार  १२ : ४६ बजे