१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

गाैरीगंजकाे क्वारेन्टाइनमा मनाेविमर्श सेवा


२२ असार २०७७, सोमबार  

0
Shares

20200706_180907
गौरीगंज २२, असार / गौरीगंज गाउँपालिकाको वार्ड नं. ६ मा रहेको गौरीगंज खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्रको नव निर्मित भवनको क्वारेन्टाइनमा रहेका २९ जनालाई मनो विर्मश सेवा प्रदान गरिएको छ ।
लायन्स क्लब अफ लखनपुरले मनको कुरा आदानप्रदान, मनो सामाजिक विर्मश, मनोचिकित्स्य परामर्श, व्यायम र  नृत्यको माध्यमबाट क्वारेन्टाइनमा रहेका उनीहरुलाई मनोविर्मश प्रदान गरेको हो ।
कोभिड १९ को महामारीबाट बच्न र रोकथामका लागि हाल सम्म कुनै पनि भरपर्दो औषधि उपलब्ध नभइरहेको बेला लायन्स क्लब अफ लखनपुरले  मनो विमर्शको माध्यमबाट यो महामामरीबाट केहीहदसम्म  बच्न सकिने  सहभागी लायन्सहरुको भनाई थियो ।

क्वारेन्टाइनमा रहेका व्यक्तिहरुसंग मनको कुरा गर्दै लायन्स तथा साइको सोसियल काउन्सलर गोविन्दराज कट्टेलले एकलोपन महसुस हुन नदिन, दिक्क लाग्न नदिन र एक छिन भए पनि मनको कुरा साटासाट गर्न  मनो विमर्शको कार्यक्रम राखिएको बताए ।  लायन्स क्लब अफ लखनपुरका अध्यक्ष हेमसागर अधिकारीले जिल्ला भरका क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई मनो परामर्श दिदै आएको बताए ।

गौरीगंज गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाको उपस्थितिमा  भएको कार्यक्रममा गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्र, गौरीगंज प्राथमिक  स्वास्थ्य प्रमुख अनुप शर्मा, लायन्सहरु ज्ञाननाथ पौडेल, प्रमोद दाहाल, बबरजंग थापा, बिमल नेपाल, दिपक खड्का, मुकुन्द कडेल, प्रेम नेपाल, दिनेश दाहाल, नरेन्द्र केसि, कलाकारहरु जितेन मडीलगायतको सहभागिता थियो । कार्यक्रममा सहभागिहरुलाई सामान्य व्यायम र नृत्यसमेत गराइएको थियो ।

प्रकाशित मिति : २२ असार २०७७, सोमबार  १२ : २६ बजे