२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने अध्यक्ष प्रचण्डको भनाई



गौरीगंज १५, पुस / पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताएका छन् । झापा जील्लाको गौरीगञ्जमा आज आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शासकिय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको शासन व्यवस्था लागु गर्नु पर्ने बताएका हुन् । प्रत्यक्ष निर्वाचित राष्ट्रपति भए मात्र मुलुकमा स्थिरता र सुशासन कायम हुने अध्यक्ष प्रचण्डको दाबी थियो । अध्यक्ष प्रचण्डले भने –‘ प्रत्यक्ष निर्वाचित राष्ट्रपति भएमात्र भ्रष्टाचारको मुहान थुनिन सक्छ किनकि चुनाव जित्न पैसा खर्च गर्नु पर्दैन र ३ करोड जनतालाई पैचा खर्च गर्न कसैले सक्दैन ।’
संविधान संशोधनमार्फत आदिवासी जनजाति, महिला र मधेशी, मजदुर र किसान र दलितको अधिकार थप्नलाई माओवादी केन्द्र पार्टी लागि परेको उनले बताए । कन्काई खोलाको पुल बन्न नसकेमा आफुलाई नमिठो लागेको बताउदैँ त्यसको निमार्ण कार्य अघि बढाउन प्रतिनिधि सभाको संसदमा भए पनि कुरा उठाएर पुल बनाउने प्रतिबद्वता अध्यक्ष प्रचण्डले व्यक्त गरे । सिधै चन्द्रगढीबाट हुलाकी बाटो हुदै गौरीगंज आउँदा २० र २५ मिनेटमा आउन सक्ने भएपनि पुल नहुदाँ डेढ घण्टा लाएर आफु गौरीगंज आई पुगेकोे उनल्े दुखेसो पोखे ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई देशकै जाली, झेली, कपटी र बेइमानी भएको आरोप लगाए ।
यसअघि सत्तामा सहकार्य गरेका उनीहरूबीच पछिल्लो पटक कांग्रेससँग एमालेको सत्ता गठबन्धन गरेकोमा आफुलाई गल्ती गरेको बताए ।
‘अहिलेका प्रधानमन्त्री देशको जाली, झेली, कपटी, बेइमानी छन्’, प्रचण्डले भने–‘मेरो लागि त यति धेरै जाली, यति धेरै झेली मान्छे उनको ठाउँमा म बोल्दै छु, । जालझेल बाहेक उहाँको दिमागमा अरू केही छैन ।’
प्रचण्डले आफूलाई अलोकतान्त्रिक र तानाशाही ढंगबाट हटाइएकोमा चिन्ता व्यक्त गरेका थिए । साथै, उनले बिर्तामोडको गिरिबन्धु टी स्टेटमा ओलीले गरेको बदमासीलाई पर्दाफास गरेरै छाड्ने ठोकुवा गरेका थिए ।
खबरदारी सभालाई सम्बोधन गर्न आइपुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विभिन्न पार्टी परित्याग गरेका नवप्रवेसीहरुलाई अविर र माला लगाएर स्वागत गरेका थिए । करिब ७ सय भन्दा बढी विभिन्न पार्टी परित्याग गरका नवप्रवेसीहरुलाई उनले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ५ : १० बजे