३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

कटहरीमा हुदुरधुरा जात्रा हुने


११ मंसिर २०७३, शनिबार  

0
Shares

hudurdhura jatra

कटहरी / मोरङ्गको कटहरीमा मंसिर १५ गते हुदुरधुरा जात्रा हुने भएको छ । राजवंशी संस्कृति संरक्षण तथा विकास केन्द्र कटहरीले आयोजना गर्न लागेको कार्यक्रममा जातिय पहिरणसहित कटहरी देखि विराटनगर बजारसम्म वृहत सांस्कृतिक र्यालिको आयोजना गर्दैछ । ‘हामार संस्कृति हमार पहिचान’ नारासहित परिक्रमा गरिने कार्यक्रममा मंसिर १६ गते बहुभाषिक सांस्कृतिक कार्यक्रम आयोजना गरिने विकास केन्द्रका अध्यक्ष पर्शुराम राजवंशीले बताए । झापा, मोरङ्ग र सुनसरीका आदिवासीहरुको सांस्कृतिक, पहिचान र इतिहासलाई संरक्षण गर्ने उद्येश्यले प्रत्येक वर्षको मंसिर महिनामा विकास केन्द्रले हुदुरधुरा जात्राको आयोजना गर्दै आएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७३, शनिबार  ८ : ०५ बजे