२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

सञ्चार उद्यमी सिंघानीयाको हत्या योजनाकार पक्राउ


१७ चैत्र २०७२, बुधबार  

0
Shares

झापा १७, चैत /  सञ्चार उद्यमी अरुण सिंघानीया हत्याको प्रमुख योजनाकारको आरोपमा प्रहरीले चन्द्रदीप यादवसहित चार जनालाई पक्राउ गरेको छ ।
उनीहरुलाई जनकपुरको वकील टोलबाट हतियारसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवसहित उनकी प्रेमीका कल्याणी देवी यादव, उनका भाई र अन्य दुई जनालाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । जनकपुर टुडेका प्रकाशक सिंघानीयाको ०६७ फागुन १७ गते होलीको दिन जनकपुरको शिवचोकमा गोली हानी हत्या भएको थियो ।
सिंघानीया हत्याको अनुसन्धान अन्तिम चरणमा पुगेपछि फरार भएका यादवले पछिल्लो समय जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामको भूमिगत संगठन सञ्चालन गरेका थिए । यादवले भारतको जयनगरलगायतका स्थानमा बसेर नेपालमा आपराधिक गतिविधि चलाउादै आएको प्रहरीको दाबी छ ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका धनुषा उपाध्यक्षसमेत रहेका यादव पहिलो संविधानसभा निर्वाचनमा धनुषा क्षेत्र नम्बर ६ बाट प्रत्यक्ष उम्मेदवारसमेत भएका थिए । यादव फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र जनकपुर बम काण्डका मुख्य अभियुक्त सञ्जय साह ‘टकला’ निकट मानिन्छन् ।
चन्ऽदीप यादव गत माघमा नेपाली कांग्रेस धनुषाका नेता राजेन्ऽ प्रसाद यादवको हत्यामा समेत संलग्न रहेको प्रहरीको दाबी छ ।

धनुषाका तत्कालिन एसपी उत्तम सुवेदीले सिंघानिया हत्या र बम विस्फोटका अनुसन्धानलाई तीव्रता दिादै संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेपछि सञ्जय साह, चन्ऽदीप यादव र राम विनोद यादव फरार भएका थिए । साह बम विस्फोट गराएको आरोपमा अहिले डिल्लीबजार कारागारमा छन् । राम विनोद यादव अझै प्रहरी नियन्त्रणमा आउन सकेका छैनन् ।

यादवले सञ्चालन गरेको भूमिगत संगठनका सैन्य प्रमुख रामरिझन यादव, कैलाश ठाकुर, विनोद यादव सहितका कार्यकर्ताहरुलाई केहि दिन अगाडि प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७२, बुधबार  ७ : २८ बजे