८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

गाैरीगंज -६ द्वारा विपन्नलाई जस्तापाता वितरण


२२ श्रावण २०७७, बिहिबार  

0
Shares

20200806_170411

गाैरीगंज २२, साउन / गाैरीगंज गाउँपालिका वार्ड नं. ६ ले विपन्न परिवारलाई जस्तापाता (टिन) वितरण गरेकाे छ ।
वार्ड नं. ६ मा बसाेवास गर्ने जाे काेही पनि घरवारविहीन नहाेस् भन्ने उद्देश्यले न्युन अाय भएका ५७ घरपरिवारलाई जस्तापाता वितरण गरेकाे हाे । उनीहरूकाे घरकाे अवस्था हेरी २ देखि ३ बण्डलसम्म जस्तापाता दिएकाे कार्यपालिका सदस्य तथा वार्ड सदस्य राधा अधिकारीले बताईन् ।
पचास हजार रूपैयाँ अन्तर्गत २७ परिवारलाई ३ वण्डल जस्तापाता दिएकाे र घरमा जस्तापाता लगाईसकेपछि नगदै रकम दिईने र अन्य २९ परिवारलाई घरकाे अवस्था हेरी १२ देखि १४ थान जस्तापाता दिईएकाे वार्ड कार्यालयका सचिव सुमन रेग्मीले जानकारी गराएका छन् । वितरण कार्यक्रममा वार्ड नं. ६ का अध्यक्ष बद्रीनारायण यादव, वार्ड सदस्यहरू उदिमकुमार राई, मुकेश साह, रमकुमारी विकलगायतकाे उपस्थिति थियाे ।

20200806_170400

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहिबार  ११ : २२ बजे