८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

लक डाउनमा पनि भारतबाट भित्रिदै अबैध सुर्ती, स्थानीयले बरामद गरेर प्रहरीलाई बुझाए


२१ जेष्ठ २०७७, बुधबार  

0
Shares

20200603_181300

गाैरीगंज २१ , जेठ/ झापाको गौरीगञ्ज १ कुञ्जीबारीस्थित वाल कल्याण मावि नजिकै भारतबाट सूर्ति तस्करले भित्र्याएको एक बोरा प्रतिबन्धित सूर्ती स्थानीयले बरामद गरेर प्रहरीमा बुझाएका छन् ।

स्थानीय युवा बसन्त राजवंशीसहितको युवाहरुको समुहले एक घरबाट बरामद गरेको सूर्ती स्थानीय प्रहरी चौकी कुञ्जीबारीमा बुझाएका स्थानीय खगिन काफ्लेले जानकारी दिनु भयो ।

त्यहाँ एक बोरा सुर्ति बरामद भएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख कोमल ठाकुरले पुष्टि गर्नुभयो । आजै दिउँसो सूर्ति बरामद भएकाले त्यसका बारेमा आवश्यक अनुसन्धान शुरु गरिएको उहाँले जनाउनुभयो ।
स्थानीयबासीहरुका अनुसार सो क्षेत्रबाट लक डाउनको समयमा पनि सूर्तिको तस्करको गिरोहले भारतको बिहार राज्य अन्तर्गतको किसनगञ्ज जिल्लामा पर्ने सिंगीमारी , डाकुपाडा, पाल्सालगायतका ठाउँबाट लालमाटी, कुञ्जीबारी, होक्कलबारी, सेतुमारी लगायतको क्षेत्र हुदै रातारात सूर्ति भित्रयाइरहेको छ । बोराका बोरा सूर्ति रातैभर भित्रिन्छ, बोर्डरमा पुलिस छ, चोक चोकमा पुलिस बस्छ कसरी यो सम्भव भइरहेको छ ? आश्चर्यको बिषय हो – स्थानीयहरु भन्छन् । जानकारहरुका अनुसार रंगियाथान घर बताउने सो क्षेत्रमा विनोद नाम गरेका एक व्यक्ति सूर्तिका नामुद तस्कर हुन् ।

उनी लक डाउन अघि पनि सोही क्षेत्रबाट अबैध रुपमा कपडा र सूर्ति दुबै अबैध रुपमा भित्रेयाउने गर्थे । अहिले लक डाउनका समयमा पनि सूर्तिको माग उच्च भएकाले भारतीय तस्करहरुसंग सम्पर्क गरेर सूर्ति भित्र्याउने धन्दा गर्छन । बरामद भएको सूर्ति विनोदकै गिरोहले ल्याएको स्थानीयबासीको दाबी छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७७, बुधबार  १२ : ३१ बजे