६ आश्विन २०८१, आइतबार | Sun Sep 22 2024

गाैरीगंजमा राेजगारीका लागि धमाधम आवेदन दिदै


१० जेष्ठ २०७७, शनिबार  

0
Shares

20200501_193651

गाैरीगंज १०, जेठ / गाैरीगंज गाउँपालिकाले प्रधानमन्त्री स्वराेजगार कार्यक्रम अन्तर्गत वेराेजगारी युवाका लागि आवेदन आव्हान गरेकाे छ ।
गाउँपालिकाले ६ वटै वडाबाट वेराेजगार युवाहरूलाई राेजगार दिने भनी आवेदन आव्हान गरेकाे हाे ।
प्रधानमन्त्री स्वाराेजगार कार्यक्रम अन्तर्गत वेराेजगार युवाहरूका लागि ३० लाख रूपैयाँ बजेट गाउँपालिकामा आएकाे गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए ।
उनका अनुसार छनाैट भएका युवाहरूलाई बाटाे, तटबन्धन , पुल, कल्भर्ट निर्माण र सरसफाई कार्यमा खटाईने छ ।
प्रत्येक वडाबाट १७ जना युवालाई छनाैट गरि उत्त कार्यमा खटाईने जनाईएकाे छ ।
वेराेजगार युवाहरूले काम पाउने आसमा धमाधम आफ्नाे पायककाे वडा कार्यालयमा आवेदन दिदैछन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ४ : ४६ बजे