९ आश्विन २०८२, बिहिबार | Thu Sep 25 2025

सरकारको निर्णय : अस्थायी तथा करार कर्मचारी कटौती गर्ने



काठमाडौं ९ , असोज / नेपाल सरकारले सरकारी खर्च व्यवस्थापन र आर्थिक पुनरुत्थानलाई प्राथमिकतामा राख्दै अस्थायी तथा करार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले सरकारी संरचनाको पुनर्निर्माण र मर्मत, सार्वजनिक सेवा सञ्चालन, निर्वाचन खर्च व्यवस्थापन, राहत तथा पुनरुत्थान कार्यक्रमका लागि आवश्यक बजेट सुनिश्चित गर्न खर्च कटौती गर्ने नीतिगत निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सो निर्णय कार्यान्वयनका लागि आफ्ना मातहतका सबै निकाय तथा कार्यालयहरुलाई निर्देशन दिएको छ । मन्त्रालयका अनुसार यस निर्णयअनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहमा स्थायी दरबन्दीमा रहेका कर्मचारीबाहेकका अस्थायी, करार र अन्य सेवा सम्झौताका कर्मचारी कटौती गरिनेछ ।

नेपाल सरकार मन्त्रिपरिषदबाट मिति २०८२ साल असोज ५ गतेको निर्णय कार्यान्वयन गराउने र गर्ने सम्बन्धमा

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार  ३ : ५१ बजे