२८ भदौ २०८२, शनिबार | Sat Sep 13 2025

फरार कैदी गौरीगंज को कुञ्जिबारीबाट पक्राउ



गौरीगंज २८, भाद्र / सशस्त्र प्रहरी बल नेपाल बिओपी कुञ्जिबारीको गस्ती टोलीले कारागारबाट फरार भएको कैदीलाई नियन्त्रणमा लिएको छ। गस्ती टोलीले भाद्र २७ गते बेलुकी करिब १९ः४० बजेको समयमा सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) ज्ञानबहादुर श्रेष्ठको नेतृत्वमा मोबाइल गस्ती टोलीले गौरीगञ्ज गाउँपालिका–१ कुञ्जिबारी क्षेत्रमै गस्ती गर्ने क्रममा सो कैदीलाई शंकास्पद अवस्थामा फेला पारेको हो।

सोधपुछ र चेकजाँच गर्ने क्रममा उक्त व्यक्ति जिल्ला सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारमा सहकारी कसुर ठगी मुद्दामा कैद सजाय भोगिरहेको खुल्न आएको छ। पक्राउ परेका व्यक्ति भोजपुर जिल्लाको च्याङ्ग्रे गाविस वडा नं. ७ स्थायी बसोबास भएका करिब ५६ वर्षीय कृष्णबहादुर विश्वकर्मा हुन्। हाल उनी धरान उपमहानगरपालिका–१५ त्रिवेणीचोकमा बस्दै आएका थिए।

गस्ती टोलीले कैदी फरार भएको शंका गरेपछि थप सोधपुछ गर्दा निजकै विवरण झुम्का कारागारको तथ्याङ्कसँग मेल खाएपछि नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। फरार कैदीलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन प्रहरीले झापा जिल्ला प्रहरी कार्यालय अन्तर्गतको प्रहरी चौकी कोरोबारीमा बुझाएको हो।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ८ : १७ बजे