२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

सहारा नेपालको २८ औं साधारण सभा सम्पन्न, संस्थाको खुद नाफा १० करोड ९१ लाख भन्दा बढी



गौरीगंज १८, पुस / सहारा नेपाल वचत तथा ऋण सहकारी संस्था गौरीगंज सेवा केन्द्रको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
गौरीगंज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा गौरादह नगरपालिका वार्ड नं. ८ स्थित प्रभुधाम सेवा सदनको सभा हलमा भएको वार्षिक साधारण सभामा आर्थिक वर्ष ०८०र ८१ को वार्षिक प्रतिवेदन तथा नीति कार्यक्रम र वजेट प्रस्तुत गरिएको थियो ।
आज विहिवार संस्थाका सञ्चालन समितिका सहकोषाध्यक्ष नेत्र बहादुर नेपालले सुखी नेपाली, समृद्व नेपालको नारालाई टेवा पुर्याउने गरि बनाईएको दिगो विकास लक्ष्य प्राप्तीको वितिय अवस्थाको संस्थाका अध्यक्षको प्रविदेन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा हाल संस्थाको कुल बचत १२ अर्ब ७५ करोड रहेको प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा सुपरिवेक्षण समितिका सदस्य शंकर सुवेदीले नीति तथा कार्यक्रम र वजेट प्रस्तुत गरेका थिए भने दुधे अनुगमन समितीका प्रमुख चुडामणी कटेलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसैगरी आर्थिक वर्ष २०८० र ८१ मा संस्थाको शेयर पूँजी १ अर्ब ६७ करोड रूपैयाँ रहेको र हाल उत्त शेयर पूँजीलाई वृद्वि गरि २ अर्ब, बचत १५ अर्ब पुर्याईने प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
संस्थाको हाल कुल बचत १२ अर्ब ७५ करोड रहेकोमा त्यसलाई चालू आर्थिक वर्षमा वृद्वि गरि १५ अर्ब पुर्याउने योजना रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी आर्थिक बर्षमा कुल आम्दानी १ अर्ब ९१ करोड र खर्च १ अर्ब ८० करोड गरि खुद नाफा १० करोड ५१ लाख भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा आर्थिक वर्ष ०८१ र ८२ को लागि वार्षिक नीति कार्यक्रम तथा बजेट अन्तर्गत रणनीतिक योजनासहित र लक्ष्यसहित गरिबी निवारणका लागि विभिन्न कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।
शेयर लाभांस र संरक्षित पुँजी कोष वितरण, ब्याजमा सहुलियत, सामाजिक सुरक्षा योजना, सदस्य संरक्षण योजना, आश्रय कार्यक्रम, परिवार राहत कार्यक्रम, स्वास्थ्य सेवा योजना अन्तर्गत विपन्नलाई स्वास्थ्य बीमा, घरदैलो स्वास्थ सेवा, सञ्जवनी कार्यक्रम, सिनियर सिटीजन हेल्थ केयर, वेलसन्टर स्थापना सुत्केरी पोषण कार्यक्रम, दशकर्म तथा वार्षिकी सुविधा, जेष्ठ नागरिक चौतारी निर्माण, मेडिकल एजुकेशन सपोर्ट, जीवन वरदान कार्यक्रम अन्तर्गत सदस्यहरुलाई स्वास्थ्य सुविधा, सर्पदंश सेवा केन्द्र सञ्चालन निरन्तरता लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाको नीति कार्यक्रम तथा वजेटमा रहेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा सहारा नेपाल गौरीगंज सेवाकेन्द्रका प्रमुख धर्मराज अधिकारीले गौरीगंज सेवा केन्द्रको प्रगति विवरण प्रस्तुत गरेका थिए । सेवा केन्द्र गौरीगंजका प्रमुख अधिकारीले आर्थिक वर्ष २०८० र ८१ मा जम्मा शेयर बचत १२ करोड २५ लाख, जम्मा ऋण लगानी १५ करोड र खुद नाफा ५३ लाख ४१ हजार ९ सय ४६ रुपैयाँ ६३ पैसा भएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड गौरीगंज सेवा केन्द्र उपसमितिका संयोजक भोला प्रसाद खतिवडाको अध्यक्षतामा भएको कार्यक्रममा गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष श्रवण गिरीको विशिष्ट आतिथ्यता थियो । त्यसैगरी वार्ड नं. ४ का वडा सदस्य रेखा कुमारी राजवंशी, सेवा केन्द्र उपसमितिका सदस्य नन्दराज थापा, सदस्य देविमाया खतिवडा, सदस्य लक्ष्मीदेवी अधिकारीलगायतको आतिथ्यता थियो भने सेवा केन्द्रका उपसमिति सदस्य नन्दराज थापाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार  ७ : ०३ बजे