१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

सीप सिकेका ग्रामीण महिलालाई सिलाई मेसिन


१३ माघ २०७६, सोमबार  

0
Shares

20200127_181417

गाैरीगंज १३, माघ / सीप सिकेका ग्रामीण क्षेत्रका महिलाहरूलाई स्वराेजगार बनाउन आज एक कार्यक्रमकाे आयाेजना गरि सिलाई मेसिन वितरण गरिएकाे छ ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ ले सिलाई कटाई तालिम दिई स्वराेजगार बनुन् भनेर ग्रामीण क्षेत्र का २९ जना महिलाहरूलाई सिलाई मेसिन वितरण गरेकाे हाे ।
गाैरीगंज गाउँपालिका वार्ड नं.४ र कर्णाली बचत तथा ऋण सहकारी संस्था विर्तामोडकाे संयुक्तरूपमा ती महिलाहरूलाई ६ महिने सिलाई कटाई तालिम दिईएकाे थियाे । साेही तालिममा सहभागी महिलाहरूलाई सिलाई मेसिन वितरण गरिएकाे थियाे । प्रत्येक सहभागीले सिलाई मेसिनका लागि ५ हजार रूपैयाँ तिरेका थिए ।
गाैरीगंज गाउँपालिका वार्ड नं. ४ काे सिलिङ्ग बजेटबाट ३ लाख ४० हजार रूपैया तालिमका लागि, २५ हजार प्रिन्टर, र ५० हजार रूपैयाँ एलईडी टिवी खरिद गरिएकाे वार्ड नं. ४ का वार्ड अध्यक्ष कुलप्रसाद गिरीले बताए । त्यसैगरी वार्ड कार्यालयले राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजका अध्यक्ष फुलवती राजवंशीलाई कार्यालय व्यवस्थापनका लागि एक थान प्रिन्टर प्रदान गरेकाे छ भने अस्थायी सिमा प्रहरी चाैकी भवानीपुरलाई एक थान एलईडी टिभी प्रदान गरेकाे छ ।
गाैरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठकाे प्रमुख अतिथिमा भएकाे कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापा, कर्णाली वचत तथा ऋण सहकारी संस्था इश्वरकुमार खत्री, राष्ट्रिय महिला सशक्तीकरण गाैरीगंजकी अध्यक्ष फुलवत्ती राजवंशी, वार्ड नं. ४ का वडा सदस्य राम बहादुर राजवंशी, बाङ्गाे गिरी, फुलाे देवी ताजपुरिया, साेमवती ऋषिदेव, तालिम प्रशिक्षक मेनुका ताजपुरिया, सचिव एजिना भट्टराईलगायतकाे सहभागिता थियाे । गाैरीगंज गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे सञ्चालन सचिव अजय साहले गरेका थिए ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १२ : ३१ बजे