२० पुस २०८१, शनिबार | Sun Jan 5 2025

पुर्वप्रधानमन्त्री प्रचण्ड आज गौरीगंज आउने, कन्काइ पुल पनि जाने




गौरीगंज १५, पुस / पूर्व प्रधानमन्त्री एबम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुस १५ गते आज गौरीगंज आउने भएका छन् । निर्माणाधीन अवस्थामा अलपत्र रहेका केही भौतिक संरचनाको अवस्थाको स्थलगत अनुगमनलाई प्राथमिकतामा राखेर प्रचण्ड गौरीगंज आउने भएका हुन् ।
झापाको कन्काई पुल र आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनलाई पहिलो प्राथमिकता दिइने कार्यक्रम तय गरिएको माओवादी केन्द्रका झापा जिल्लाका अध्यक्ष राजु आचार्य (अग्नि०)ले जानकारी दिए ।
त्यसैगरी नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटनसहित नवप्रवेशीलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको छ ।
देशमा भएको ब्यप्त समस्या र अवस्था बुझेर गौरीगञ्ज गाउँपालिकाबाट विभिन्न पार्टी परित्याग गरी झन्डै ७ सय बढीलाई स्वागतसहित डिजिटल कार्ड बितरण गर्ने कार्यक्रम तय गरिएको हो । तम्मु ल्होसार पर्वको अवसर पारेर गौरीगञ्जमा गाउँ अधिवेशन आयोजना गरेपछी त्यहाँ नव प्रवेशीलाई समावेस गरेर विभिन्न भ्रातृ संगठनसमेत निर्माण गर्ने कार्यक्रम तय गरेको जनाएको छ ।
१५ सय प्रवेश गराउने योजना भएपनि छोटो समयमा कार्यक्रमको तयारी गर्नुपर्ने भएकाले ७ सयबढीले प्रवेश स्वागत गराइने पार्टीका अध्यक्ष आचार्यको भनाई छ ।
यस्तो छ तालिका
पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सोमबार आज बिहान आठ बजे झापा प्रस्थानका लागि फ्लाइट रहेको छ ।
निर्माणाधीन अवस्थामा अलपत्र रहेको कन्काइ पुलको अवस्थालाई स्थलगत अवलोकन र ज्ञापनपत्र बुझ्ने, दिवा भोजनपछि दमकस्थित आदिवासी जनजाती रंगशालाको अवस्थाको स्थलगत अनुगमनसहित ज्ञापन पत्र ग्रहण गर्ने र साँझ काठमाडौं जाने कार्यक्रम तय गरिएको पार्टीका अध्यक्ष आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ८ : ०८ बजे