११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

एमालेको पालिका अधिवेशन आज हुँदै



काठमाडौं ९, कार्तिक / नेकपा एमालेले आज पालिका अधिवेशन गर्ने भएको छ। आज अध्यक्ष केपी शर्मा ओलीले पालिका अधिवेशन भर्चुअल रूपमा उद्घाटन गर्ने कार्यक्रम छ।

एमालेले पालिकामा अध्यक्षलगायत पदाधिकारी र सदस्य चुन्नेछ। एमालेले गत कात्तिक ६ मा वडा अधिवेशन गरेको थियो।
करिब छ हजार वडामा अधिवेशनबाट नयाँ नेतृत्व आइसकेको दाबी एमालेले गरेको छ भने बाँकी वडाहरूमा यही कात्तिक १५ भित्र वडा अधिवेशन गरिसक्ने बताएको छ।

एमाले उपाध्यक्ष भीम रावलले भने सुदूरपश्चिमका अधिकांश वडामा अधिवेशन नभएको बताएका छन्। तर पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले वडा अधिवेशनहरू भइसकेको दाबी गरेका छन्।

एमालेले दसौं केन्द्रीय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने भएको छ। एमालेले गत असोजमा नीति महाधिवेशन भने गरिसकेको छ।
रासस

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : ४५ बजे