२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

गौरीगंज –१ को कुञ्जिवारी सरसफाईसंगै डेंगी नियन्त्रण अभियान शुभारम्भ



गौरीगंज, २० असोज / दसैँ तथा नजिकिँदै गरेको तिहार र छठ पर्वको अवशरमा गौरीगंज गाउँपालिका वार्ड नं. १ले कुञ्जिबारी बजार सरसफाइ गरेको छ। दसैँतिहारको स्वागत तथा सो चाडवाडका समयमा भेटघाटमा आउने र फर्कने पाहुनाको सुविधालाई ध्यानमा राखेर वार्ड नं. १ को कार्यालयले आइतबार कुञ्जिवारी बजार सरसफाई गरेको हो ।
। हरेक वर्ष सडक तथा बजार सरसफाइ गर्ने प्रचलन रहिआएको छ भन्दै वर्ष दिनपछि भेटघाट गर्न र रमाईलो गर्न आउने आफन्तको स्वागतमा बजारको स्वच्छता र सुन्दरताका लागि बाटो सरसफाइ गरिएको वडा अध्यक्ष राजवंशीको भनाई थियो । सरसफाई कार्यक्रमसंगै वार्ड नं.१ का वडा अध्यक्ष कार्तिकलाल राजवंशीले डेगीं नष्ट अभियान कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा स्वास्थ्य चौकी महाभाराका इन्चार्ज पिताम्बर भण्डारी, स्वास्थ्यकर्मी, स्वयंसेविकी, बालकल्याण माविका विद्यार्थी, लगायतको सहभागिता थियो । त्यसैगरी उक्त कार्यक्रममा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी चौकी कुञ्जिवारी र शसस्त्र प्रहरी कुञ्जिवारीको डेङ्गी सम्बन्धि सचेतनामुलक तथा बजार सरसफाई कार्यक्रममा सक्रियरुपमा सहभागिता थियो । कार्यक्रममा गौरीगंज गाउँपालिकाका वडा नं. १ का वडा अध्यक्ष कार्तिकलाल राजवंशी, समाजसेवी गोपालचन्द्रसिंह राजवंशी महाभारा स्वास्थ्य चौकीका इन्चार्ज पिताम्बर भण्डारी, बालकल्याण मावि कुञ्जिवारीका व्यवस्थापन समितिका अध्यक्ष दिनेश्वर राजवंशी, बालकल्याण माविका प्रअ भिम कोइराला, प्रहरी चौकी कुञ्जिवारीका इन्चार्ज सञ्जीव राई, सशस्त्र प्रहरी सहइन्चार्ज कुञ्जिवरी अमर विश्कर्मा, स्वास्थ्य चौकी महाभारा व्यवस्थापन समितिका पदाधिकारीहरु, कुञ्जिवारी बजार उद्योग वाणिज्य संघका सचिव देवी राजवंशी, कुञ्जिवारी दुर्गा मन्दिरका अध्यक्ष हरि राजवंशी, स्थानिय व्यापारी, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानियहरुको सहभागिता थियो ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ०४ बजे