३ आश्विन २०८१, बिहिबार | Thu Sep 19 2024

नेकपा एमाले गौरीगंजको सम्पन्न दोस्रो गाउँ अधिवेसनबाट अध्यक्ष पदमा विष्णु न्योपाने विजयी



गौरीगंज २८, भाद्र / नेकपा एमाले गौरीगंजको सम्पन्न दोस्रो अधिवेसनबाट गाउँ कमिटिको अध्यक्ष पदमा विष्णु न्योपाने विजयी भएका छन् । उनले १५९ ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्दी पदम कटुवालले १५६ मत ल्याएका थिए । भाद्र २७ र २८ गते तय गरिएको उक्त दोस्रो गाउँ अधिवेशन अन्तगर्त आज शुक्रवार निर्वाचन भएको थियो । त्यसैगरी सचिव पदमा कृष्ण महतो विजयी भएका छन् । उनले १७७ मत ल्याएर सचिव पदमा विजयी भएका छन् । सचिव पदका उम्मेदवारहरु भिम कार्कीले १०५ मत र यादव रिजालले २६ मत ल्याएका थिए । त्यसै गरी उपसचिव पदमा अशोक कुमार ताजपुरियाले १४२ मत ल्याएर विजयी भएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०८१, शुक्रबार  ९ : ०० बजे