२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

जनताबाट एक रुपैयाँ पनि कर नउठाउने यी हुन् विश्वका १० देश, कसरी चल्छ त अर्थतन्त्र?



के तपाईलाई थाहा छ विश्वमा यस्ता कैयाैं देशहरू छन् जहाँ एक रुपैयाँ पनि कर तिर्नु पर्दैन । सुन्दा अचम्म लाग्न सक्छ तर याे वास्तविकता नै हाे । 

तर अब प्रश्न उठ्छ कि कर बिना देशको अर्थतन्त्र कसरी चल्छ ? खासमा, राज्यबाट कुनै किसिमको सुविधा पाए बापत उपभोक्ताले सरकारलाई तिर्नु पर्ने दस्तुर नै कर हाे । धेरै राष्ट्रहरूकाे अर्थतन्त्र चल्नुकाे एक कारण उठाइएकाे कर पनि हुन्छ । तर यी राष्ट्रहरूले जनताबाट कर उठाउँदैनन् । हेरौँ यी देशको सूची।

यूएई

विश्वमा प्रत्यक्ष करमुक्त अर्थतन्त्र भएका देशलाई हेर्दा संयुक्त अरब इमिरेट्स (युएई)को नाम पहिलो स्थानमा आउँछ । यस देशमा जनताबाट कुनै पनि प्रकारको व्यक्तिगत कर उठाइँदैन । यसको साटाे, सरकार अप्रत्यक्ष करहरू जस्तै भ्याट (मूल्य अभिवृद्धि कर) र अन्य शुल्कहरूमा निर्भर रहेकाे छ। तेल र पर्यटनका कारण युएईको अर्थतन्त्र निकै बलियो छ । जसका कारण युएईका जनताले आयकरबाट राहत पाइरहेका छन् ।

बहराइन

करमुक्त देशको सूचीमा बहराइनको नाम पनि पर्दछ । यो देशमा पनि जनताबाट कर लिइने गरेकाे छैन । यस देशको सरकार पनि मुख्यतया प्रत्यक्ष करको साटाे अप्रत्यक्ष कर र अन्य शुल्कहरूमा निर्भर रहेकाले करबाट यस देशका जनता मुक्त भएका हुन् । यो प्रणाली देशका साना व्यवसाय र स्टार्टअपका लागि धेरै अनुकूल साबित हुने र यसले अर्थतन्त्रलाई पनि टेवा पुग्ने विश्वास गरिन्छ।

कुवेत

कुवेत पनि ट्याक्स फ्रि राष्ट्रमै पर्दछ । यस राष्ट्रमा कुनै व्यक्तिगत आयकर लिइँदैन। यस मुलुककाे अर्थतन्त्र पूर्णतया तेलबाट हुने आम्दानीमा निर्भर रहेकाे छ । जहाँ जनताबाट करबापत एक रुपैयाँ पनि लिइँदैन । वास्तवमा, कुवेतको अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा तेल निर्यातबाट आउँछ जसकारण सरकारले प्रत्यक्ष कर लिनुपर्ने अवस्था नै छैन । यो मोडल अपनाएपछि करमुक्त मुलुक भएता पनि कुवेत समृद्ध अर्थतन्त्रका रूपमा उभिएको छ ।

साउदी अरब

साउदी अरेबले पनि आफ्ना जनतालाई करको जालबाट पूर्णतया मुक्त राखेको छ । यस देशमा प्रत्यक्ष कर खारेज गरिएको छ। यसको अर्थ यो देशमा जनताले आफ्नो आम्दानीको एक भाग पनि करमा खर्च गर्नु पर्दैन। तर, यो देशमा अप्रत्यक्ष कर प्रणाली भने बलियो छ । यसबाट प्राप्त हुने रकमले नै अर्थतन्त्रलाई टेवा पुर्याएकाे छ। साेहि कारण साउदी अरब धनी अर्थतन्त्रमा पनि गनिन्छ ।

बहामास

पर्यटकहरूको लागि स्वर्ग मानिने बहामास देश पश्चिमी गोलार्धमा पर्छ। यो देशको विशेष कुरा के हो भने यहाँ बस्ने नागरिकले आयकर तिर्नु पर्दैन ।

ब्रुनाई

तेलको विशाल भण्डार ‘ब्रुनाई’ इस्लामिक राज्य संसारको दक्षिण पूर्वी एसियामा अवस्थित छ। यस राष्ट्रमा पनि जनताले आयकर तिर्नु पर्दैन ।

केम्यान टापु

उत्तर अमेरिकी महादेशको क्यारिबियन क्षेत्रमा केम्यान टापु पर्छ। पर्यटकका लागि यस देशलाई आकर्षक स्थान मानिन्छ । विश्वका अनेक ठाउँबाट धेरै मानिसहरु केम्यान टापु बिदा मनाउन आउने गर्छन् । तर पर्यटकबाट आम्दानी हुने यो देशमा कसैले पनि आयकर तिर्नु पर्दैन।

ओमान

बहराइन र कुवेतबाहेक खाडी राष्ट्र ओमान पनि कर मुक्त राष्ट्रकाे सूचीमा परेकाे छ। ओमानका नागरिकहरूले आयकर तिर्नु पर्दैन। कर तिर्न नपर्ने मूख्य कारण ओमानको बलियो तेल र ग्यास क्षेत्र मानिन्छ।

कतार

ओमान, बहराइन र कुवेत जस्तै कतारको पनि यस्तै अवस्था छ । कतार आफ्नो तेल भण्डारणमा पनि निकै बलियो छ । यो देश सानो भएपनि यहाँका मानिसहरु धेरै धनी छन् । यहाँ पनि आयकर उठाइदैन ।

मोनाको 

मोनाको युरोपको एउटा सानो देश हो। सानै देश भए पनि यहाँका नागरिकबाट कहिल्यै आयकर उठाइएको छैन ।

एजेन्सीकाे सहयाेगमा ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ५ : १३ बजे