२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

जग्गादाता डोमालाल राजवंशीको शालिक तयार भयो



झापा, साउन ३ / बिर्तामोड ३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रंगशालाका जग्गादाता स्व. डोमालाल राजवंशीको शालिक तयार भएको छ। झापा गोल्डकपले भारतको जयपुरबाट सिंगमरमरको अर्द्धकदको शालिक तयार गरी ल्याएको हो । जुन डोमालाल राजवंशी रंगशालामा राखिनेछ । सो शालिक बिर्तामोडको ३ नं वडा कार्यालयलाई बुझाउने र वडा कार्यालयकै समन्वयमा शालिक स्थापित गरिने झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले बताए ।

उनले नगरपालिका र वडा कार्यालयकै समन्वयमा डोमालालकी छोरीलाई केही दिनपछि घर बनाइदिने अभियान संचालन गरिने पनि जानकारी दिए । जग्गा नछुट्याइदिँदा घर निर्माणको काम शुरु गर्न नसकिएको उनले बताए । स्व. डोमालालले दुर्गा मन्दिरको लागि करिव १२ विगाह जग्गा दान दिएका थिए । जुन जग्गा देवी गुठीका संचालकहरुले हिनामिना गरेका थिए ।

प्रकाशित मिति : ३ श्रावण २०८१, बिहिबार  ९ : ४५ बजे