२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

बैंकहरुले फेरि घटाए ब्याजदर, अब कुनको कति ?



काठमाडौं : वाणिज्य बैंकहरुको औसतमा साउन महिनाको लागि मुद्दति निक्षेपको ब्याजदर सामान्य घटेको छ । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब साउन महिनाका लागि ६.७४ प्रतिशत कायम भएको छ । असारमा औसत ब्याजदर ६.८८ प्रतिशत रहेको छ । औसतमा हेर्दा २० बैंकहरुको ब्याजदर साउनका लागि ०.१४ विन्दुले घटेको हो ।

१३ बैंकको ब्याजद घटेको छ भने ५ बैंकहरुले असारकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् भने २ बैंकले ब्याजदर बढाएका छन् । कृषि विकास बैंक र एभरेष्ट बैंकले भने असार महिनाको तुलनामा साउनमा ब्याजदर बढाएका छन् । यता, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नबिल र नेपाल एसबीआई बैंकले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन् । 

पछिल्ला महिनाहरुमा बैंकहरुले लगातारजसो ब्याजदर घटाइरहेका छन् । प्रणालीमा अधिक तरलता अवस्था छ । कर्जा प्रवाह हुन सकेको छैन । प्रणालीमा अधिक तरलता भएपछि ब्याजदर घटाउन बैंकहरुबीच प्रतिस्पर्धा नै चलिहरेको छ । अब कर्जा प्रवाह हुने गरी मौद्रिक नीति आएमा भने बैंकहरुलाई राहत हुन सक्नेछ । 

प्रकाशित मिति : ३२ असार २०८१, सोमबार  ५ : १२ बजे