२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

बक्यौता रकम नतिर्ने उद्योगको लाइन काट्न थालियो



काठमाडौँ / नेपाल विद्युत् प्राधिकरणले बक्यौता बापतको रकम नतिर्ने उद्योगहरूको लाइन काट्न थालेको छ । प्राधिकरणले बक्यौता नतिर्ने रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको विद्युत्को लाइन काटेको हो । बक्यौता बापतको रकम तिर्न प्राधिकरणले आजसम्मको अल्टिमेटम दिएको थियो ।

आज बेलुकासम्म बक्यौता बापतको रकम नआएपछि लाइन काटेको प्राधिकरणले जनाएको छ । ६१ वटा उद्योगले साढे ६ अर्बभन्दा बढी बक्यौता तिर्नुपर्ने गिरीशचन्द्र लाल नेतृत्वको न्यायिक समितिले सिफारिस गरेको थियो । तर प्रमाण पुर्‍याएर रकम लिन पर्ने समितिले गरेको सिफारिस बमोजिम उद्योगीले बिलको प्रमाण पेस गर्न भनिरहेका छन् ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार  १० : ४४ बजे