२३ भाद्र २०८१, आइतबार | Sun Sep 8 2024

गौरीगंजका निजी विद्यालयहरु मध्ये सबै भन्दा बढी विद्यार्थी ज्ञानोदय इङ्गलिस बोर्डिङ्ग स्कुलबाट उतीर्ण



गौरीगंज १४ असार / यसवर्षको एसइई परिक्षामा निजी विद्यालय अर्थात संस्थागत विद्यालय तर्फ सबै बढी विद्यार्थी ज्ञानोदय इङ्गलिस बोर्डिङ्ग स्कुल गौरीगंज –३ बाट उर्तीण भएका छन् । त्यस विद्यालयबाट २३ जना विद्यार्थी परिक्षामा सामेल भएका मध्ये २२ जना विद्यार्थी परिक्षामा उर्तीण भएका छन् । त्यसैगरी देवकोटा माविबाट ३३ जनामा २४ जना उर्तीण, स्नोह्वाइट बोर्डिङ्ग स्कुलबाट २० जनामा १२ जना उर्तीण, मुनलाइट एकाडमीबाट २७ जनामा ६ जना उर्तीण, युनिभर्सल एकाडमीबाट २२ जनामा ६ जना उतीर्ण,न्यु युनिभर्सलबाट १९ जनामा १५ जना उतीर्ण र ज्ञानकुञ्ज एकाडमीबाट ४८ जनामा २७ जना विद्यार्थी उतीर्ण भएका छन् ।

त्यसैगरी निजी विद्यालयतर्फ सबैभन्दा बढी अंक ज्ञानकुञ्ज एकाडमी गौरीगंज –३ का समिर डोटेलले ल्याएका छन् । उनले ३.९५ जीपीए ल्याएर निजी विद्यालय तर्फको सबै भन्दा बढी अंक ल्याउने विद्यार्थीमा पर्न सफल भएका छन् ।

गौरीगंज गाउँपालिका भित्रका ४ वटा सामुदायिक विद्यालयमध्ये खजुरगाछी माविकी पार्वती हास्दाले सबैभन्दा उत्कृष्ट अंक ल्याएकी छन् । उनले यस वर्षको एसईई परीक्षामा ३.५१ जीपीए ल्याएर सामुदायिक विद्यालय तर्फको परिक्षमा सहभागी विद्यार्थी मध्ये सबैभन्दा उत्कृष्ट अंक ल्याउन सफल भएकी हुन् । त्यसैगरी सोही विद्यालयकी छात्रा सेविका बरालले सामुदायिक विद्यालयतर्फको विद्यार्थीमध्ये ३.३९ जेपीए ल्याएर दोस्रो स्थाल हासिल गरेकी छन् । यस वर्षको एसईई परीक्षामा सामुदायिक विद्यालयतर्फ खजुरगाछी माविबाट ६९ जना परीक्षमा सामेल भएका मध्ये ९ जना उर्तीण भएका छन । त्यसैगरी सामुदायिक विद्यालय तर्फ नै परिक्षामा सामेल भएका विद्यार्थी मध्ये सबै भन्दा बढी विद्यार्थी बाल कल्याण मावि कुञ्जिवारीबाट उतीर्ण भएका छन् । त्यस विद्यालयबाट ६८ जना विद्यार्थी परिक्षामा सामेल भएका थिए भने ११ जना विद्यार्थी परिक्षामा उर्तीण भएका छन् ।


सामुदायिक माविलाई ११ कक्षा सञ्चालन गर्न हम्मे हम्मे
गौरीगंज गाउँपालिका भित्र ४ वटा सामुदायिक विद्यालयमा ११ र १२ कक्षा सञ्चालनमा हम्मेहम्मे पर्ने देखिएको छ । यसवर्षको एसइइ परिक्षामा सामेल भएका विद्यार्थी मध्ये एकदम न्युन विद्यार्थी उर्तीण भएपछि ती विद्यालयहरुमा कक्षा ११ सञ्चालन गर्न हम्मेहम्मे देखिएको हो ।
गौरीगंज गाउँपालिका वार्ड नं. ६ स्थित खजुरगाछी माविबाट ९ जना, गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थित गौरीगंज माविबाट ५ जना, गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित बालकल्याण माविबाट ११जना र गौरीगंज गाउँपालिका वार्ड नं. २ स्थित आदर्श मावि कोरोबारीबाट ३ जना मात्र उर्तीण भएका छन् । सामुदायिक ४ वटा यी विदालयबाट २९३ जनाले परिक्षामा सामेल भएकामध्ये २८ जना मात्र सफल भएका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार  ६ : ४७ बजे