१ श्रावण २०८१, मंगलबार | Tue Jul 16 2024

गाैरादहबाट ९ जना जुवाडे पक्राउ


२४ चैत्र २०७७, मंगलबार  

0
Shares

गाैरादह २४, चैत / झापा गौरादह नगरपालिका वार्ड नं. ३ बस्ने भक्त बहादुर बर्देवाको घरबाट जुवा खेलिरहेका ९ जनालाई कौडा र नगद सहित पक्राउ गरिएको छ ।

सोमबार राती साढे १० बजे बिशेष सुचनाको आधारमा प्रहरीले घरधनि बर्देवा सहित गौरादह २ का ३२ बर्षीय निर्मल थापा, गौरादह ३ का ३५ बर्षीय अंकित कार्की, सोही स्थानका ३८ बर्षीय सुरेश भण्डारी, गौरादह ४ का ३६ बर्षीय मोहन खरेल, कनकाई ३ का ४० बर्षीय राम प्रसाद खतिवडा, सोही स्थानका ४२ बर्षीय ईश्वर खतिवडा, कन्काई ७ का ४६ बर्षीय बिष्णु प्रसाद उप्रेती र दमक ७ का ३८ बर्षीय निर बहादुर सुनुवारलाई पक्राउ गरेको हो ।

उनिहरुलाई जुवा खेलीरहेको अवस्थामा १६ थान कौडा, कौडामा प्रयोग हुने पाउडर १ थान र नगद रु ६९ हजार ४ सय २० सहित पक्राउ गरि अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७७, मंगलबार  १ : ०० बजे