२२ भाद्र २०८१, शनिबार | Sun Sep 8 2024

तीन किशोरी वेपत्ता हुँदा सिंगो गाउँ चिन्तित, स्थानीय सरकार प्रमुखले गरे प्रहरी प्रमुखसँग संवाद



दमक/ झापाको कमल गाउँपालिका वडा नं ७ को एकै गाउँका तीन जना किशोरी (छात्राहरु) एकैसाथ वेपत्ता भएका छन् ।

सो ठाउँकी १३ बर्षिया जेनिसा श्रेष्ठ १२ बर्षिया दीक्षा ताजपुरिया र १७ बर्षिया सोनिया रिकीयासन बुधबारदेखि एकाएक वेपत्ता भएका हुन् । घरबाट निस्किएका उनीहरु अझै सम्म परिवारको सम्पर्कमा आउन नसक्दा उनीहरुको अवस्था अज्ञात छ । एकसाथ समुहमै किशोरीहरु वेपत्ता भएको घट्नापछि उनीहरुको परिवार र आफन्तजन मात्रै नभएर सिंगो गाउँका बासिन्दा चिन्तित बनेका छन् । किशोरीहरु एकसाथ वेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा उनीहरुका अभिभावकले लिखित हुलिया निवेदन गरेका छन् । उनीहरु वेपत्ता भएको घटनाबारे प्रहरी अनुसन्धानमा भएको प्रगति र उनीहरुको अवस्थाबारे गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डिएसपी निशान थापासँग उनको कार्यकक्षमा भेटगरि जानकारी लिएका छन् । अध्यक्ष राईले प्रहरी प्रमुख थापासँगै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरुसँग पनि किशोरीहरुको समुहनै वेपत्ता भएको घट्नामा सुक्ष्म अनुसन्धान गरि उनीहरुको अवस्था सार्वजनिक गर्न आग्रह गरेका छन् ।

कतै देख्नु वा भेट्नु भएमा नजिकैको प्रहरि कार्यलय वा निम्न सम्पर्क नम्बरमा खबर गरिदिनहुन अनुरोध गरिन्छ।

ठेगाना(कमल(७,ठुलो बाह्रघरे ,झापा।सम्पर्क ९८२४९१४३५७, ९८१७५९४३१५,९८१७९८१९६४

प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार  १० : ३८ बजे